राज शाही शुक्रबार, भाद्र ३१, २०७९ मा प्रकाशित

५ सय भन्दा वढी विरुवा रोप्ने (लगाउने) कृषकलाई अनुदान दिइने भएको छ । हिमाली जिल्ला हुम्लाका ७ वटै गाउँपालिकाका कृषकलाई सो अनुदान दिइने भएको हो । जिल्ला कृषि विकास कार्यालय हुम्लाका सुचना अधिकारी एव बालि संरक्षण अधिकृत धर्मेन्द्र अधिकारीका अनुसार गत आर्थिक वर्षमा जिल्लामा फलफुलमा आत्म निर्भर बनाउनका लागी जिल्लाका कृषकलाई एक खाल्डो खनेको १ सय र १ वोटको १ सय रुपैंया अनुदान दिने भनीए पनि वजेट जम्मा ४५ लाख मात्रै आएकाले कृषकहरुलाई एक वोटको ७५ र खाल्डो खनेको १ सय रुपैंया उपलब्ध गराएको अधिकारीले बताएका छन् ।

सोही अनुसार सिमकोट र नाम्खा गाउँपालिकाका कृषकलाई बेमौसमी तरकारी उत्पादनका लागी पलाष्टिकका टनेल निर्माण गर्ने कृषकलाई जिल्ला कृषि कार्यालयबाट प्राविधिक खटि प्राविधिक मुल्याङकन गरी सोही अनुसार बजेट उपलब्ध गराइने अधिकारीले बताएका छन् । अन्य कार्यक्रमका लागी कार्यविधि नआएकाले संचालन गर्न नसकिएको जानकारी प्राप्त भएको छ ।

कार्यविधि नआउदा नयाँ आर्थिक वर्ष सुरु भएको २ महिना विति सक्दा पनि अन्य कार्यक्रम संचालन गर्न नसकिएको हो । कार्यविधि समयमै आएको खण्डमा समयमै कार्य सम्पन्न हुने भए पनि कार्यविधि नआउदा योजना कार्यन्वयनमा ढिलाई हुनुका साथै वजेट समेत फ्रिज जाने गरेको अधिकारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९