राज शाही बिहिबार, भाद्र ३०, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्यामा वृद्धि भइ रहेको छ । यस अघि कोरोनाका विरामीको संख्या सुन्य रहेको हुम्ला जिल्लामा गत २ महिना यता कोरोना संक्रमितको संख्या ३५ जना पुगेको जिल्ला अस्पताल हुम्लाका ल्याप टेक्निसियन सुनिता तामाङले बताएकी छन् । गाउँ घरमा रुघा खोकी ज्वरोका विरामी उपचारका लागी जिल्ला अस्पताल पुगे संगै विरामीको अवस्था हेरी कोरोना चेकजाँच गर्ने गरेको ल्याप टेक्निसियन तामाङले बताएकी छन् ।

कोरोना चेक गरिएका विरामी मध्य वढी जसोमा कोरोनाको संक्रमण देखिने गरेको छ । साउन र भाद्र महिनामा मात्र कोरोना चेकजाँच गर्दा जिल्ला अस्पतालमा परिक्षण गर्दा ३५ जनामा कोरोनाको संक्रमण देखिएको हो । कोरोना संक्रमितको अवस्था गम्भिर नदेखिए पछि होम आइसोलेसनमा चिकित्सकको निगरानीमा राखिएको तामाङले बताएकी छन् । जस मध्य वढी जसो संक्रमित सन्चो भइ सकेको पाइएको छ ।

हुम्ला जिल्ला अस्पतालमा चेक गरिएका कोरोना संक्रमित मध्य १५ जना महिला र २५ जना पुरुष रहेको हुम्ला जिल्ला अस्पतालका ल्याप टेक्निसियन वलिराज भण्डारीले बताएका छन् । हाल हुम्ला जिल्ला अस्पतालमा कोरोना चेकजाँचका लागी प्रयोग हुने किटहरुको अभाव नभएको पाइएको छ । यस अघि रुघा खोकी ज्वरोका विरामीले कोरोना चेक जाँच गर्न नमानेको भए पनि हाल सोत स्फुर्तरुपमा चेकजाँच गर्ने गरेको भण्डारीले बताएका छन् ।

जटिल खालका कोरोना संक्रमित हाल जिल्ला असपतालमा नभएको र सबै कोरोना संक्रमित आ आफ्नै घरमा होम आइसोलेसनमा बसि उपचार गरि रहेको पनि पाइएको छ । यो पछिल्लो समय कोरोना संक्रमणबाट हुम्ला जिल्लामा कोही कसैको मृत्यु नभएको जिल्ला अस्पतालको रेकटबाट देखिन्छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९