राज शाही बुधबार, भाद्र २९, २०७९ मा प्रकाशित

बालबालिकाको हक हितका लागी सदा झै यो वर्ष पनि वाल दिवस मनाइएको छ । प्रत्येक वर्ष भाद्र २९ गते मनाइने बाल दिवश यो वर्ष पनि जिल्लाका ७ वटै गाउँ पालिकामा स्थपित विद्यालयहरुमा साना ठुला जे जस्तो आफ्ना विद्यालयले तयार गरेका कार्यक्रम संचालन गरि बाल दिवस मनाइएको छन ।

यसै अवसरमा जिल्लाका ७ वटा गाउँ पालिकाका अध्यक्ष उपाध्यक्षहरुले विद्यार्थीहरुलाई प्रोत्साहित गर्नका लागी विभिन्न शैक्षिक सामाग्री संगै न्यानो कपडा समेत वितरण गरेका छन । यसै विच मानसरोवर नमुना माध्यामिक बिधालय सिमकोट अन्तर्गत संचालनमा रहेको हिमालि आवासिय छात्रवासका विद्यार्थीलाई कम्मल वितरण गरिएको छ । उक्त छात्राबासमा ५० जना छात्र छात्राका लागी २५ थान कम्मल उपलब्ध गराइएको हो । सो कम्मल सिमकोट गाउँपालिकाको आर्थिक सहयोगमा सोही गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र उपाध्यक्षा सुशिला भाम रोकायाले संयुक्तरुपमा हस्तान्त्रण गरेका हुन । सो छात्राबासमा २५ जना छात्र र २५ जना छात्रा गरी ५० जना विद्यार्थी वस्दै आएका छन् ।

हुम्ला जिल्लाको मध्य क्षेत्र सर्केगाड गाउँपालिका वडा नं ७ कर्कीवाडामा स्थापना भएको सुर्य तारा आधारभुत विद्यालय रोडिकोटमा पनि ५८ औ बालदिवस भव्यरुपमा मनाइएको छ । उक्त विद्यालयका विद्यार्थी अविभावक शिक्षक मिली गाउँ घर संगै विद्यालय सरसफाइ गरिएको हाम्रा सर्केगाड सम्बाददाता ओम प्रसाद जैसीले बताएका छन् । ५८ औ बालदिवसको अवसरमा सो विद्यालयले सदनात्मक वक्तितोकला प्रतियोगिता संचालन गरेको थियो । सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ल्वारे विक अध्यक्षता र वडा अध्यक्ष वल कार्कीको प्रमुख आतिथ्यमा संचालन भएको वालअधिकार सम्बन्धीको वक्तित्वकलामा रेटहाउस सदन प्रथम, ग्रिन हाउस सदन द्धितिय र एलो हाउस तृतिय भएको संवाददाता जैसीले बताएका छन् । वक्तित्वकलाका लागी ४ वटा सदनले भाग लिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९