राज शाही मंगलबार, भाद्र २८, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्लाका सात वटा गाउँपालिकाका स्वास्थ्य शाखा मध्य खार्पुनाथ उत्कृष्ट ठहरिएको छ । उक्त शाखा कार्य सम्पादन तथा मुल्याङ्कनका आधारमा सबै भन्दा बढी नम्बर ल्याएर उत्कृष्ट ठहरिएको हो । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले कार्य सम्पादन तथा मुल्याङ्कनका आधारमा जिल्लामा राम्रो काम गर्नेमा खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखा पहिलो भएको बताएका छन् । कुल ९६ अङ्क ल्याएर खार्पुनाथ पहिलो भएको हो । गतवर्ष पनि उक्त गाउँपालिका पहिलो भएको थियो ।

त्यसैगरि दोस्रोमा सिमकोट गाउँपालिका र तेस्रोमा ताँजाकोट गाउँपालिका रहेको छ । चङ्खेली गाउँपालिका भने सातौं स्थानमा रहेको छ । उनले अब यो कार्य प्रत्येक वर्ष गर्ने बताएका छन । कार्यालयले बार्षिक समिक्षा कार्यक्रममा सो घोषणा गरेको हो ।

स्वास्थ्य क्षेत्रमा प्रदान गरिने सेवा सम्वन्धि आठ वटा सुचक बनाएर स्वास्थ्य शाखाको मुल्याङ्कन कार्यालयले गर्दै आएको छ । मुल्याङ्कनका लागि तय गरिएका सुचकहरुमा सेवा प्रवाह, अतिरिक्त कृयाक्लाप सञ्चालन, समस्या समाधान, समन्वय, प्रतिबेदन तयारी, न्यूनतम सेवा प्रदान, स्वास्थ्य संस्थाहरुको अनुमगन लगाएतका रहेका थिए । खार्पुनाथ गाउँपालिका पहिलो भएपछि स्वास्थ्य शाखाका संयोजक बलीराज शाहीले थप हौसला थपिनुुका साथै नयाँ शोचका साथ काम गर्ने उत्प्रेरणा मिलेको जनाएका छन् ।

उक्त गाउँपालिकाले स्वास्थ्य शाखाले गर्नु पर्ने कार्यका साथै अतिरिक्त कार्यहरु पनि गर्दै आएको छ । उत्कृष्ट ठहरिएको शाखाहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले स्वास्थ्य क्षेत्र नै सम्बेदनशील भएको कारण छिटो, छरितो र सर्बशुलभ सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरिने ।

कार्यक्रममा सात वटै गाउँपालिका स्वास्थ्य शाखाका संयोजक र सरोकारवाला पक्षको सहभागीता रहेको थियो । समिक्षा कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो । सात वटै गाउँपालिकाले गत आर्थिक वर्षमा प्रदान गरिएका सेवाहरुको प्रस्तुती समेत गर्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९