विजय रावत सोमबार, जेठ १२, २०७७ मा प्रकाशित

जुम्ला
जुम्ला प्रशासन कार्यालयले विश्वभर महामारीको रुपमा फैलिएकाले कोभिड –१९ नियन्त्रणको लागि बन्दाबन्दीलाई थप कडाइ गरेको छ । प्रशासनले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा बजारमा प्रवेश निषेध गरेको छ । बाहिरबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भिडभाड बढेको भन्दै प्रशसानले कडाइ गरेको हो । कोरोनाको जोखिम न्युनिकरण गर्नका लागी जुम्लामा अत्यावश्यक बहेकका पसल खोलिएको र मानिसहरु अत्यावश्यक वस्तु किनमेल गर्ने बाहानामा बढी भिडभाड हुने गरेका कारण थपकडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताउनुभयो ।

जारी बन्दाबन्दीको समयलाई पूर्णकार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा ब्यवस्था कडा गरेकोे र कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउनु नागरिकको दायित्व भएपनि नागरिकहरु मास्क बिना हिड्डुल गर्ने जस्ता कार्य गरेकोले खाद्यान्न लगायतका अत्यावश्यक बाहेकको पसल खोलिएको पाइएमा प्रशासनले कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताउनुनभयो ।

प्रशासनले आम नागरिकलाइ अत्यावश्यक वस्तु खरिदका लागिदुरी कायमगरी कोरोनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सहयोग गर्न आग्रह गरेको छ । लकडाउन थप कडाइ गर्न गृह मन्त्रालयको निर्देशन दिएकाले प्रशासनले सुरक्षा व्यवस्था मजबुज बनाई लकडाउनलाई कडाइ गरिएको प्रशासनले जनाएको छ । नागरिकलाई दैनिक उपभोग्य वस्तु खरिदका लागी बजार खुल्ने समय विहान ७ देखी ९ बजे र दिउँसो ४ देखी साँझ ६ बजे सम्म निर्धारण गरिएपनि नागरिकले अटेरीगरी सबैपसल खुलेपछि जुम्ला बजारमा भिडभाड बढेको भन्दै,प्रशासनले जुम्ला सदरमुकाम खलङ्गा बजारमा कडाइ गरेको हो ।

अत्यावश्यक कामबाहेक बजारमा आइपुग्ने सवारी साधन र व्यक्तिलाई प्रवेश गरेको पाइएमा सुरक्षानिकायले कडाइ गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी लालबहादुर धामीले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९