राज शाही शनिबार, भाद्र २५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

नेपाल राष्ट्रिय कर्मचारी संगठनको पाँचौ जिल्ला अधिवेशनको उत्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ । सोही संगठनका जिल्ला अध्यक्ष डवल रावतको अध्यक्षता र कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहको प्रमुख आतिथ्य, कर्णाली प्रदेश पुर्व मन्त्री छिरिङ दमदोल लामा (कारचेन), सोही संगठनका केन्दिय अध्यक्ष हरिवहादुर रावल, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज डाक्टर दिपेन्द्र रोकाया, प्रमुख जिल्ला अधिकारी सिता परियार, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी लगाएतका नेता तथा कार्यकर्ताहरुको विशेष आतिथ्यमा उक्त कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष हरिबहादुर रावलले कर्मचारी सम्बन्धी तीनै तहका ऐनहरु अविलम्ब लागु गर्न माग गरे । त्यस्तै, ट्रेड युनियन अधिकारलाई निजामती सेवा ऐन, २०४९ को दफा ५३ अनुसार व्यवस्था कायम गर्नुपर्ने पनि उनको माग छ । रावलले संघीय निजामती सेवा ऐनमा राजपत्र अनङ्कित प्रथम श्रेणीबाट राजपत्राङ्कित तृतीय श्रेणीको बढुवामा कार्य क्षमता, जेष्ठता र कार्य सम्पादनबाट ३०% र आन्तरिक प्रतियोगितात्मक परिक्षाबाट २०% गरी ५०% पदहरु बढुवाका लागि र ५० % खुल्लाका लागि सुरक्षित गरिनुपर्ने पनि माग राख्दै राखेका थिए । विकास, स्वास्थ्य, शिक्षा हिसाबले हुम्ला जिल्ला कस्तो बनाउने, चेतनाको हिसावले वृद्धि गर्ने भन्ने कुरा राष्ट्र सेवक र राजनैतिक शक्तीको एकिकृतबाट मात्र सम्भव रहेको , पहिलो कुरा हामीले जनताको सेवामा समप्रित हुनु पर्ने, त्यसपछि हाम्रो हक हित पेशालाई राख्नु पर्ने, राष्ट्रलाई चलाएमान बनाउने वा निष्कृय बनाउने भन्ने कुरा कर्मचारीको हातमा छ त्यसलाई गम्भिरता पुर्क लिनु पर्ने, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहले थिइन ।


कर्मचारीको हक हितका लागी गठन गरिएको कर्मचारी संगठनले नेपाल सरकारबाट विनियोजन गरेको वजेटको कुसलता पुर्वक कार्यान्वयन गर्नेमा आशा राखेको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताएका थिए ।

राष्ट संचालनको निमित, सरकार संचालनको निमित्त, राज्यको मातहतमा रहने जनताको सेवा प्रवाह गर्ने शक्ती कर्मचारी भएकाले देश र जनताको नयाँ जनचेतना फैलाउनका लागी र आफ्नो संगठनको हक हितका लागी के कसरी जाने भन्नेमा ध्यान केन्द्रित गराउन राष्ट्रिय कर्मचारी संगठनलाइ पुर्व कर्णाली प्रदेश मन्त्री छिरिङ दमदोल लामा (कार्चेन) ले निर्देशन दिएका थिए ।

संविधान र संघिताको मर्मअनुसार तिन तहका कर्मचारी रहेका छन् । स्थानिय तहमा समायोजन भएर आएका कर्मचारीहरु छन । ति कर्मचारीहरुको भविस्य तैहिनै अत्य हुने हो वा त्यो कुनै अर्को ठाउँमा सरुवा समायोजन हुने हो । यो अत्यन्तै गम्भिर प्रश्न भएको छ । संघिय निजामती ऐन र प्रदेश निजामती ऐन अहिले सम्म आउन नसकेकाले कर्मचारी प्रशासन जटिल वन्दै गएको प्रमुख जिल्ला अधिकारी सिता परियारले बताएकी थिइन ।

उत्घाटन कार्यक्रम हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको जिल्ला समन्वय समितिको सभाहलमा शनिवार दिनको ११ बजे संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
वडा अध्यक्ष गोर्ख लामाद्धारा आफ्नो पारिश्रमिकबाट खाद्यन्न र स्टेसनरी
दादुरा _रुवेला खोपको भ्याक्सिन ढुवानीका लागी हेलिकप्टरको माग
दादुरा रुवेला खोप ढुवानीका लागी हेलिकप्टरको माग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९