राज शाही शुक्रबार, भाद्र २४, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा विकासले विस्तारै गति लिदै गएको छ । सिमकोट गाउँपालिकाले ८ वटा वडा मध्य ७ वटा वडामा याता यातको पहुच पुर्याएको छ भने जिल्लाको अदानचुली, ताँजाकोट, सर्केगाड र चंखेली गाउँपालिका राष्ट्रिय सडक संजाल सँग जोडिएका छन् । त्यसै गरी नाम्खा गाउँपालिका राष्ट्रिय सडक संजाल सँग नजोडिए पनि आफ्नो गाउँपालिका केन्द्र संगै अन्य वडामा सडक संजालको पहुँ पुर्याएको छ ।
खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु वजारमा यस अघि नै आन्तरिक सडक सँजालसँग जोडिए पनि ५ वटा वडा रहेको उक्त गाउँपालिकामा पहिलो पटक सोही गाउँपालिकाको वडा नं ५ को खर्पेल गाउँमा गाडी पुगेको छ । पहिलो पटक उक्त गाउँमा गाडी पुगे संथै त्यहाँका स्थानियले गाडी ड्राइभर गाडीमा सवार प्यासेन्जरलाई फुलमाला अविर लगाइ भव्यरुपमा स्वागत गरेको स्थानियवासी लोकजंग शाहीले बताएका छन् ।
उक्त सवारी साधन सो गाउँमा पुगे सँगै विरामी यात्रुलाई आवत जावत गर्न सहज भएको छ । सो गाउँमा उत्पादन भएका तरकारी, फलफुल लगाएतका सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा ल्याउन सहज हुने सो वडाका वडा अध्यक्ष भरत जंग शाहीले बताएका छन् । यो सँगै आय आर्जनमा समेत वृद्धि हुने देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९