राज शाही शुक्रबार, भाद्र २४, २०७९ मा प्रकाशित

हुम्ला जिल्लामा विकासले विस्तारै गति लिदै गएको छ । सिमकोट गाउँपालिकाले ८ वटा वडा मध्य ७ वटा वडामा याता यातको पहुच पुर्याएको छ भने जिल्लाको अदानचुली, ताँजाकोट, सर्केगाड र चंखेली गाउँपालिका राष्ट्रिय सडक संजाल सँग जोडिएका छन् । त्यसै गरी नाम्खा गाउँपालिका राष्ट्रिय सडक संजाल सँग नजोडिए पनि आफ्नो गाउँपालिका केन्द्र संगै अन्य वडामा सडक संजालको पहुँ पुर्याएको छ ।
खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु वजारमा यस अघि नै आन्तरिक सडक सँजालसँग जोडिए पनि ५ वटा वडा रहेको उक्त गाउँपालिकामा पहिलो पटक सोही गाउँपालिकाको वडा नं ५ को खर्पेल गाउँमा गाडी पुगेको छ । पहिलो पटक उक्त गाउँमा गाडी पुगे संथै त्यहाँका स्थानियले गाडी ड्राइभर गाडीमा सवार प्यासेन्जरलाई फुलमाला अविर लगाइ भव्यरुपमा स्वागत गरेको स्थानियवासी लोकजंग शाहीले बताएका छन् ।
उक्त सवारी साधन सो गाउँमा पुगे सँगै विरामी यात्रुलाई आवत जावत गर्न सहज भएको छ । सो गाउँमा उत्पादन भएका तरकारी, फलफुल लगाएतका सामाग्री हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा ल्याउन सहज हुने सो वडाका वडा अध्यक्ष भरत जंग शाहीले बताएका छन् । यो सँगै आय आर्जनमा समेत वृद्धि हुने देखिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९