राज शाही शुक्रबार, भाद्र २४, २०७९ मा प्रकाशित

कर्णाली प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना मन्त्री कृष्ण शाह (आचार्य) तीन दिने कार्यक्रमका लागि हुम्लामा आइपुगेकी छन्। योजनाको अनुगमन र राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न मन्त्री शाह हुम्ला आइपुगेकी हुन्।
प्रमुख जिल्ला अधिकारी सीता परियारले मन्त्री शाह योजनाको अनुगमनका लागि हुम्ला आइपुगेको बताइन्। मन्त्री शाहले सिमकोट आइपुगेलगत्तै प्रदेश सरकारअन्तर्गतका कार्यालय प्रमुखहरुसँग भेटभाट कार्यमा सहभागिता जनाउनेछ। जुन कार्यक्रममा कार्यालय प्रमुख, लेखा प्रमुख र गाउँपालिकाका अध्यक्षसँग छलफल मन्त्री शाहले गर्नेछिन्। आजै मन्त्रीले सिमकोट गाउँपालिका– ६ को खानेपानी योजना र खार्पुनाथ, चुवाखोला टाँके सडकको अनुगमन गर्ने कार्यक्रम छ।
त्यसैगरी मन्त्री शाहले भदौ २५ गते नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। सोही दिन वाइसिएल नेपालको जिल्ला अधिवेशनको पनि उद्घाटन गर्ने कार्यक्रम छ। भदौ २६ गते मन्त्री शाह सुर्खेत फिर्ता जानेछिन्। उनलाई माओवादी केन्द्रले केही दिनअगाडि मात्र मन्त्रीमा सिफारिस गरेर नियुक्त भएकी हुन्।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९