राज शाही मंगलबार, भाद्र २१, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

स्थानिय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएसँगै आफुले गरेका काम कार्यको पारदर्शीतालाई पहिलो प्राथामिकतामा राख्न थालेका छन् । आफ्ना वडा पालिकामा संचालन भएका साना देखि ठुला योजनाहरुको लागत, कामदार संख्या, दिन, ज्याला रकम, विभिन्न माध्यम द्धारा सार्वजनिक गर्न थालेका छन् ।

यसै क्रममा अदानचुली गाउँपालिका हुम्लाले आफ्ना वडामा संचालन भएका योजनाहरुको सुरु मिति, सम्पन्न मिति, योजनाको लागत, श्रमिकको संख्या र योजनाको नाम समेत गाउँपालिकाको फेसबुकमा सार्वजनिक गरी पारदर्शितालाई पहिलो प्राथमिकतामा राख्नुका साथै योजनाको नाम समेत उल्लेख गरेको पाइन्छ ।

यसै बिच उक्त गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आर्थिक वर्ष ७८।७९ मा संचालन भएका आयोजना मध्यको प्राविधिक मुल्याङकनमा विशिष्ठ आयोजना नाउला देखि रातीमाटा सम्म ग्रामीण सडक निर्माण आयोजना लमही अदानचुलीको लागत र श्रमिकको संख्या लागत सार्वजनिक गरेको हो । सार्वजनिक गरीएको श्रमिकको संख्या २५ जना दिन ५५ जसमध्य ५ दिन श्रमदान गरिएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम संघिय सरकार द्धारा प्राप्त अनुदानबाट संचालित आयोजनाको अध्यक्षमा करे टमटा रहेको अध्यक्षतामा उक्त आयोजना संचालन भएको जानकारी प्राप्त भएको छ । जसको लागत ७ लाख १३ हजार ३ सय ३० रुपैंया रहेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताएका छन् । उक्त काम प्राविधिक मुल्यांकनमा विशिष्ट देखिएको अदानचुली रोजगार सेवा केन्द्रले जनाएकोछ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले इन्फ्लुएन्जा (फ्लु) बाट बच्न आग्रह
घरपालुवा पशुलाइ जंगली जनावर भालुले क्षेती पुर्याय क्षेतीपुर्ती पाउने
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९