राज शाही आइतबार, भाद्र १९, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लाको एउटै वडामा एक सय रोपनी जग्गामा सिमी खेती सुरु गरिएको छ । सिमी खेती राम्रो हुने र आम्दानी पनि हुने भएको कारण सिङ्गो वडावासी मिलेर सिमी खेती गरिएको हो । सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँका किसान दाने फडेराले यस वर्ष वडा भरिको एक सय रोपनी जग्गामा सिमी खेती गरिएको बताएका छन् । उक्त वडा सिमी राम्रो उत्पादन हुने भित्र पर्छ ।
सिमी खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएको कारण किसानहरु यसप्रति आर्कषित भएका हुन । कृषि बिकास कार्यालयका सुचना अधिकारी धमेन्द्र अधिकारीका अनुसार एक गाउँपालिका उत्पादन बिशेष कार्यक्रम अन्र्तगत उक्त वडामा सिमी खेती सुरु गरिएको छ । किसानहरुले यसअघि केही मात्रामा सिमी लगाउने गरेको भएपनि यसवर्ष भने ठुलो र ब्यवसायीक रुपमा सिमी खेती सुरु गरिएको छ ।
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडले हुम्लाको सिमी खरिद गर्दै आएको छ । यसलाई सहयोग पुर्याउन र धेरै परिणाममा सिमी उत्पादन गर्न कार्यक्रम अन्र्तगत सिमी खेती गरिएको हो । सिमी राम्रो फले एक रोपनी जग्गाबाट सत्तरी देखी असी क्वीन्टल सिमी उत्पादन हुने भएको कारण सात हजार क्वीन्टल सिमी उत्पादन हुने अनुमान कार्यालयले गरेको छ । कार्यालयले कार्यक्रमबाट पाँच लाख लगानी गरेर बीउ बितरण गरेको थियो । उत्पादन भएको सिमीको बजारीकरणमा समेत कार्यालयले सहयोग गर्ने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९