राज शाही शनिबार, भाद्र १८, २०७९ मा प्रकाशित

हुम्लाको एक गाउँपालिकाले जिल्लामा आएको महालेखा परिक्षणको टोलीलाई गाउँपालिकामै लगेर अन्तिम लेखा परिक्षण गरेको छ । यसअघि मलेप आएको बेला सदरमुकाम सिमकोटमा गर्ने गरिएको भएपनि यस वर्षबाट पहिलो पटक गाउँपालिका केन्द्रमा टोली लगेर मलेप गर्ने कार्य गरिएको हो ।

सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर रावतले पहिलो पटक मलेप टोलीलाई गाउँपालिका केन्द्र सर्केगार्डमा बोलाएर अन्तिम लेखा परिक्षण गरिएको बताए । उक्त गाउँपालिकाले यस अघिका पाँच वर्षसम्म लगातार श्रेष्ता सिमकोट बोकेर मलेप गर्ने गरेको थियो । उनले आबश्यक कागताज बोक्ने झण्झट तर्फ लाग्नु भन्दा गाउँपालिकामै टोली बोलाएर लेखा परिक्षण गर्ने निष्कर्षमा गाउँपालिका पुगेकोले त्यो संभव भएको बताए ।

सिमकोटमा लेखा परिक्षण गरिएको भए टोलीले केही शंका लागेका योजना भए स्थलगत निरीक्षण गर्न संभव हुने थिएन । तर गाउँपालिकामा गरिएको कारण टोलीले दुई चार वटा योजनाको स्थलगत अनुुगमन गरेको उनले बताए । अधिकृत रावतले संभव भएसम्म बेरुजुको भोलुम घटाउने आफ्नो मुख्य लक्ष भएको बताउदै गत वर्षको भन्दा बढी बेरुजु औल्याईए आफ्नो पदबाट राजीनामा दिने यसअघि नै घोषणा गरि सकेका छन् ।

गत वर्ष उक्त गाउँपालिकको बेरुज १२ करोड ९६ लाख रहेको थियो । छ सदस्यीय मलेपको टोली हेलिकोप्टरमा सर्केगार्ड पुगेको थियो । टोलीले लेखा परिक्षण गर्ने कार्य सम्पन्न् भएको र अब प्रतिबेदन तयारी पछि मात्र बेरुजुको अबस्थाका बारेमा भन्न सकिने जनाएको छ । सर्केगार्डबाट सिमकोट पुग्न एक देखि डेढ दिन पैदल लाग्ने गर्छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९