राज शाही शुक्रबार, भाद्र १७, २०७९ मा प्रकाशित

तीन दिनदेखि गृह जिल्लामै रहेका भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली करिडोर अन्र्तगतको हेक्पा खोलामा निर्माणधिन पक्की पुलको स्थलगत अनुगमन गरेका छन् । पुल निर्माणमा लामो समय लागेपछि मुख्यमन्त्री शाहीले त्यसको अनुगमन गरेका हुन । करिडोरको सिमकोट हिल्सा सडक अन्र्तगत नाम्खा गाउँपालिका वडा नं १ हेक्पा खोलामा सो पुल पदर्छ । बिगत पाँच वर्षदेखि उक्त पुल निर्माणधिन अबस्थामा रहेको छ ।
शुक्रबार बिहान मुख्यमत्री शाही सो पुलको अनुमगन गर्न स्थल मार्गबाट गएका थिए । पुल निर्माणको गति हेरेपछि मुख्यमन्त्री शाहीले ढिलो गरि भई रहेको काम प्रति असन्तुष्टि जनाएका छन् । उत्तरी क्षेत्रका दुई वटा नाकाहरु हिल्सा र लिमी लाच्पामा यातायात सुचारु गर्न हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कम्पनी मार्फत पाँच वर्षदेखि काम गर्दै आएको छ । हालसम्म उक्त पुलको एकातिरको पिलर निर्माण भएको छ भने अर्कोतर्फ निर्माणधिन अबस्था मै रहेको छ ।
निर्माण स्थलमै उनले काम छिटो गर्न निर्माण कम्पनी पक्षलाई निर्देशन समेत दिएका छन् । यसरी बिकास चाँडो नहुँने बताउदै उनले जति सक्दो काम चाँडो सम्पन्न हुनु पर्ने बताएका छन् । हेक्पा खोलामा मात्र नभएर उत्तरतर्फ अन्य तीन वटा पुलहरु ग्याग्रुखोला, सस्ली खोला र याङ्गार खोलाका पुलको अबस्था पनि यस्तै रहेको छ ।
बहुबर्षीया योजनाका रुपमा रहेका यी पुलको निर्माण कार्य चाँडो नहुँदा सडक निर्माण भएपनि उत्तरतर्फ यातायात सुचारु गर्न कठिन हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९