राज शाही मंगलबार, भाद्र १४, २०७९ मा प्रकाशित

कर्णाली प्रदेशका १० जिल्ला मध्यको हिमाली जिल्ला हुम्लामा समुदायसँग सरकारी वकिल कार्यक्रम संचालन गरिएको छ । हुम्ला जिल्ला निर्वाचन क्षेत्र ख को सिमकोट गाउँपालिका वडा नं ४ बुराउसे गाउँमा सो कार्यक्रम संचालन भएको हो ।

विशेष गरी फौजदारी मुद्दाको अभियोजन, दर्ता प्रक्रिया, सरकारी वकिल कार्यालयको भुमिका, पीडितको न्याय प्रक्रिया लगाएतका विषयमा प्रशिक्षण गराइएको जिल्ला सरकारी वकिल पुर्णबहादुर केसीले बताएका छन् ।

उच्च सरकारी वकिल कार्यालय जुम्लाको समन्वय र जिल्ला सरकारी वकिल कार्यालय हुम्लाको आयोजनामा संचालन भएको सरकारी वकिलसँग समुदाय कार्यक्रममा उक्त वडाका करिव ५० जनाको सहभागीता रहेको र सरकारी वकिल कार्यालयको भुमिका, फौजदारी न्याय प्रणाली लगाएतका विषयमा उत्सुकताका साथ सवाल जवाफ समेत भएको सरकारी वकिल केजीले बताएका छन् ।

कार्यक्रममा बालविवाह, बहुविवाह, जवरजस्ती करणी, ठगी, चोरी लगाएतका फौजदारी मुद्दाका वारेमा उच्च सरकारी वकिल कार्यालय जुम्लाका सह न्याधीवक्ता शम्भु गौतम र न्यायाधीवक्ता सिता राम रावत र हुम्ला जिल्ला सरकारी वकिल कार्यालयका सह न्यायाधीवक्ता पुर्णबहादुर केसीले प्रशिक्षण गराएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९