राज शाही सोमबार, भाद्र १३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

कोरोनाका संक्रमित हुम्लामा वढी रहेको छ । यो पछिल्लो समय हुम्ला जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ पुगेको छ । कोरोना संक्रमित यति वेला होम आइसोलेसनमा वसी स्वास्थ्य चेक जाँच तथा स्वास्थ्यकर्मीको सर सल्लाहमा औषधीको सेवन गरि रहेका छन । रुघाखोकी तथा ज्वरो आउने संगै कोरोना संग मिल्दा जुल्ला लक्षण देखिए पछि कोरोना चेकजाँच गर्दा जिल्ला अस्पताल र ताँजाकोट गाउँपालिकामा कोरोना देखिएको थियो ।

हुम्लामा कोरोना संक्रमितको संख्यामा वृद्धि भइ रहेका वेला एक गैर सरकारी संस्थाले २ वटा विद्यालयमा स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परिक्षण रामदेव माध्यामिक विद्यालयका ८८ जना र पन्चमुखी आधारभुत विद्यालयमा अध्ययनरत ९८ जना बालबालिका गरी जम्मा १ सय ८६ जनाको स्वास्थ्य परिक्षण गरिएको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले बताएका छन् । स्वास्थ्य परिक्षण गर्दा जटिल खालका विरामी र कोरोना संक्रमित नदेखिएको र सामान्य रुघाखोकी र ज्वरोका विरामी पाइएको इन्जार्ज बोहराले बताएका छन् ।

गुड नभर्स इन्टर नेस्नल नेपालको आर्थिक सहयोग र ठेहे स्वास्थ्य चौकीको आयोजनामा विद्यार्थीको स्वास्थ्य चेक जाँच गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९