राज शाही शनिबार, भाद्र ११, २०७९ मा प्रकाशित

१ सय ११ पसु वस्तुलाई भ्यागुत्ते र चरचर रोग विरुद्धको खोप लगाइएको छ । उक्त खोप हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ३ रातामाटा भन्ने ठाउँमा लगाइएको हो । सो ठाउँमा पालिएका घरपालुवा पशु वस्तुमा भ्यागुत्ते र चरचर रोग देखिए पछि सो खोप लगाइएको सिमकोट गाउँपालिका नायव पशु प्राविधिक विषुणु वुमिले बताएका छन् ।

सो लेखमा रहेका २० घरधुरीका पशु वस्तुलाई खोप लगाइएको र सो रोग केही हत सम्म नियन्तणमा आएको वुमीले बताएका छन् । खोप लगाउने कार्य भाद्र ९ गतेबाट सुरु भएको पनि वताइएको छ । त्यसै गरी उक्त रोग देखिएका सिमकोट गाउँपालिका वडा नं ३ का सम्पुर्ण पशु वस्तुलाई सो खोप लगाइने भएको हो ।

यस अघि सिमकोट गाउँपालिका वडा नं ७ का घरपालुवा पशु वस्तुलाई पशु शाखा प्रमुख महेन्द्रबहादुर शाहीको टोलीले खोप लगाएको थियो । त्यसै गरी अवको केही दिनमा सिमकोट गाउँपालिका वडा नं ८ मा पनि लगाइने वुमीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९