राज शाही शुक्रबार, भाद्र १०, २०७९ मा प्रकाशित

राष्ट्रिय बाणिज्य बैङक सिमकोट शाखाको नाफा अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर बृद्धि भएको हो । जोखिममा रहेको कर्जालाई बैंकले असुली र नविकरण गर्न सफल भएपछि नाफा दोब्बर बृद्धि भएको हो ।
बैङकका प्रबन्ध सविता शाहीले आर्थिक वर्ष ०७८।०७९ मा बैंकले कुल नाफा एक करोड ४६ लाख कमाउन सफल भएको बताएकी हुन । जब कि अघिल्लो आर्थिक वर्ष ०७७।०७८ मा उक्त बैङकले नाफा ७६ लाख मात्र कमाएको थियो । अघिल्लो वर्ष भन्दा ७० लाख बढी नाफा कमाएर झण्डै दोब्बर बृद्धि भएको छ । बैङकले यसरी नाफा बृद्धि हुनुमा धेरै सयम अगाडीदेखि जोखिममा रहेको कर्जा असुली गर्न सफल हुनु र केही कर्जाको नविकरण गरिएकोले नाफा बृद्धि भएको जनाएको छ ।
यसका लागि बैङकले कर्जा लिएका सेवाग्राहीहरुसंग बारम्बार ताकेता गर्नु र स्थलगत अनुमगन समेत गर्नु परेको थियो । २६ हजार भन्दा बढी खाता सञ्चालन गर्ने सेवाग्राही रहेको उक्त बैङ्कको कुल निक्षेप सङ्कलन भने घटेको छ ।
अघिल्लो वर्ष ९३ करोड निक्षेप सङ्कलन गरेकोमा यसवर्ष ८४ करोडमा झरेको छ । बैङ्कले यसरी निक्षेप घट्नुमा कोरोना महामारी, सिमा क्षेत्रको ब्यापार बन्द हुनु, सरकारी खर्च कम हुनु र ब्यापार ब्यवसाय कम हुनु रहेको जनाएको छ । यता बैङ्कले कर्जा लगानी भने बृद्धि गरेको छ । अघिल्लो वर्ष २८ करोड कर्जा लगानी गरेको बैङ्कले यसवर्ष ३४ करोड लगानी गरेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९