राज शाही शुक्रबार, भाद्र १०, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

राष्ट्रिय बाणिज्य बैङक सिमकोट शाखाको नाफा अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर बृद्धि भएको हो । जोखिममा रहेको कर्जालाई बैंकले असुली र नविकरण गर्न सफल भएपछि नाफा दोब्बर बृद्धि भएको हो ।
बैङकका प्रबन्ध सविता शाहीले आर्थिक वर्ष ०७८।०७९ मा बैंकले कुल नाफा एक करोड ४६ लाख कमाउन सफल भएको बताएकी हुन । जब कि अघिल्लो आर्थिक वर्ष ०७७।०७८ मा उक्त बैङकले नाफा ७६ लाख मात्र कमाएको थियो । अघिल्लो वर्ष भन्दा ७० लाख बढी नाफा कमाएर झण्डै दोब्बर बृद्धि भएको छ । बैङकले यसरी नाफा बृद्धि हुनुमा धेरै सयम अगाडीदेखि जोखिममा रहेको कर्जा असुली गर्न सफल हुनु र केही कर्जाको नविकरण गरिएकोले नाफा बृद्धि भएको जनाएको छ ।
यसका लागि बैङकले कर्जा लिएका सेवाग्राहीहरुसंग बारम्बार ताकेता गर्नु र स्थलगत अनुमगन समेत गर्नु परेको थियो । २६ हजार भन्दा बढी खाता सञ्चालन गर्ने सेवाग्राही रहेको उक्त बैङ्कको कुल निक्षेप सङ्कलन भने घटेको छ ।
अघिल्लो वर्ष ९३ करोड निक्षेप सङ्कलन गरेकोमा यसवर्ष ८४ करोडमा झरेको छ । बैङ्कले यसरी निक्षेप घट्नुमा कोरोना महामारी, सिमा क्षेत्रको ब्यापार बन्द हुनु, सरकारी खर्च कम हुनु र ब्यापार ब्यवसाय कम हुनु रहेको जनाएको छ । यता बैङ्कले कर्जा लगानी भने बृद्धि गरेको छ । अघिल्लो वर्ष २८ करोड कर्जा लगानी गरेको बैङ्कले यसवर्ष ३४ करोड लगानी गरेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९