राज शाही आइतबार, जेठ ११, २०७७ मा प्रकाशित

हुम्ला

राष्ट्रिय गौरभको आयोजना कर्णाली करिडोरको कवाडीदेखि सलीसल्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागाड खोलामा बेलिब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी पछि नेपाली सेनाले निर्माणको काम सुरु गर्दा पुलको काम अन्तिम चरणमा पुगेको हो ।

नेपाली सेनाले निर्माण कार्य गरि रहेको कर्णाली करिडोरको खुलालु लैफु, कवाडी हुदै सलीसल्लासम्मको सडक अन्र्तगत हुम्ला खण्डको गल्फागार्ड खोलामा निर्माण कार्य भै रहेको बेलिब्रीजको काम अन्तिम चरणमा पुगेको निर्माण दलका योजना प्रमुख मिलन कार्कीले बताए ।

पुलको स्थपलगत रुपमा निर्माण हुने काम अन्तिम चरणमा पुगेको र अब केही दिनमा स्टील पार्टका सामानहरु पुल निर्माण स्थल गल्फागार्ड खोलामा ल्याएर जडान कार्य गरिने छ । तीन दर्जन भन्दा बढी कामदारहरुले पुन निर्माणको काम गरि रहेका छन । उक्त पुलको निर्माण कार्य पुरा भएमा तुम्चसम्म सेनाका निर्माण सामाग्री लोड भएका गाडीहरु चल्न सुरु हुनेछ । पुलसम्म हाल पनि सेनाका गाडीहरु चन्दै आएका छन् ।

हुम्ला खण्डको कवाडी देखि सलीसल्लासम्मको ६१ किलो मिटर सडकका लागि तीन वटा पुल कवाडी, गल्फागार्ड र सलीसल्लामा  निर्माण गर्नु पर्नेमा कवाडी खोलामा बेलिब्रीज निर्माण भएर सञ्चालनमा आई सकेको छ भने गल्फागार्डमा निर्माणको अन्तिम चरणमा छ । अब सलीसल्लामामा पुल निर्माण गर्न बाँकी छ । सेनाको लक्ष आगामी असार मसान्तसम्म हुम्ला खण्डको ६१ किलो मिटर सडककै प्रारम्भिक ट्रयाक खोली सक्नेछ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९