राज शाही बिहिबार, भाद्र ०९, २०७९ मा प्रकाशित

प्रदेश सरकारवाट प्राप्त सोलार स्वास्थ्य चौकी, विद्यालय र गाउँपालिकामा जडान कार्य सम्पन्न गरिएको छ । खार्पुनाथ गाउँपालिका केन्द्र याँङचु वजार र सोही गाउँपालिकाको वडा नं ५ को स्वास्थ्य चौकीमा जडान गरी वत्ती झिलीमिली भएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त सोलार जडान गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले बताएका छन् ।
यस अघि स्वास्थ्य चौकीमा जडान गरिएका ६ किलो वटाका सोलार विद्यालयमा विद्यार्थीलाई पठन पाठन गर्न सहज होस भन्ने हेतुले विद्यालयलाई उपलब्ध गराइ जडान गरिएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ को मान्धारा माध्यामिक विद्यालय भकुण्डामा उक्त सोलार हस्तान्तरण गरिएको हो । सो सोलार जडान भए पछि विद्यालयमा कम्युटर संचालन गर्न र अन्य उज्यालो गर्न सहज भएको सोही विद्यालयका प्रधानाध्यापक दिलबहादुर शाहीले बताएका छन् ।

खार्पुनाथ स्वास्थ्य चौकीलाई प्रदेश सरकारले ८ वटा सोलार प्यानल, १२ वटा व्याट्री, डिसी वक्स १ वटा, सोलार टियुव १ वटा, लाइन वक्स २ वटा र सोलार स्टेन ४ वटा उपलब्ध गराइएको र जडान कार्य समेत प्रदेश सरकारको आर्थिक सहयोगमा भएको अध्यक्ष शाहीले बताएका छन् । स्वास्थ्य चौकीमा सोलार जडान भए पछि २४ सै घण्टा सेवाग्राहीलाई सेवा प्रवाह गर्न सहज भएको, यस अघि रातीको समयमा सेवाग्राहीलाई सेवा प्रवाह गर्ने, प्रसुती सेवा प्रवाह गर्न समस्या भएकोमा अहिले सहज भएको सोही स्वास्थ्य चौकी इन्चार्ज हरिभक्त शाहीले बताएका छन् ।

त्यसै गरी खार्पुनाथ गाउँपालिका केन्द्रमा सोलार जडान गर्दा यस अघि विद्युत अवरोध हुँदा झेल्दै आएको समस्या समाधान भएको सोही गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत विष्णुबहादुर शाहीले बताएका छन् । अव विद्युत अवरोध हुँदा सेवाग्राहीले पाउदै आएको सास्ती अव समाधान भएको प्रमुख प्रसासकिय अधिकृत शाहीले बताएका छन् । विद्युत अवरोधले जनताका कुनै पनि काम नरोकिने शाहीले बताएका छन् ।
गाउँपालिकामा ३० किलोवाटको, स्वास्थ्य चौकीमा १० किलो वाटको र विद्यालयमा ६ किलोवाटको सोलार जडान गरिएको अध्यक्ष शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९