राज शाही मंगलबार, भाद्र ०७, २०७९ मा प्रकाशित

आगामी मंसीर ४ गते हुनगई रहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय हुम्लाले जिल्लका सरोकारवालापक्ष संगको अभिमुखीकरण कार्यक्रममा सो जानकारी गरिएको हो ।
कार्यालयका सुचना अधिकारी श्यामबहादुर रानाले भदौ १२ गतेबाट १९ गते सम्म मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । यो कार्यक्रम जिल्लाका सात वटै गाउँपालिकाका ४४ वटै वडामा सञ्चालन हुनेछ ।
जस अनुसार भदौ १२ गते सवै वडामा मंसीर ४ गते हुने निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गर्ने कार्य गरिनेछ । १३ गते मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने, झुट्टा बिबरण दिएको त्यस बिरुद्ध उजुरी दिने, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नामावली भए त्यो हटाउन निवेदन दिने, कुनै मतदाताको मृत्यु भएको वा नागरिकता त्याग गरेको भए त्यस बिरुद्ध उजुरी दिने, सोही दिन यस्ता बिबरण भेएिट प्रमाण सहित सफाईको मौका दिने, यी बिरुद्धका कार्यमा उजुरी परेपछि त्यस बिरुद्ध छानविन गरि प्रमुख नामदर्ता अधिकारीले आबश्यक छानविन गरि नाम हटाईने छ ।
त्यसैगरि भदौ १६ गते मृत्यु भएको, नागरिकता त्याग गरेको वा रद्ध भएको प्रमाणित भए त्यस्ता मतदाता नामावली हटाउन निवेदन दिनु पर्नेछ । १७ गते यस अघिको कार्य तालिका अनुसार परेका उजुरी माथि छानविन गरि निर्णय गरिने, १८ गते त्रुटी भए सच्याउने र छानविन गरिएको नामावली माथिको निर्णय निर्वाचन कार्यालयमा पठाउनु पर्नेछ । १९ गते फरक फरक जिल्लामा रहेको दोहोरो नामका सम्वन्धमा प्राप्त निवेदन भए सोको छुट्टै बिबरण तयार गरि जिल्लामा अद्यावधिक गरि उक्त डाटा आयोगमा पठाउनु पर्नेछ । यसका लागि प्रत्येक वडामा नामदर्ता अधिकारी रहने छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा चंखेली, खार्पुनाथ र सिमकोट बाहेक नाम्खा, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाले यो अद्यावधिक विवरण निर्वाचन कार्यालयमा पेश गरेका थिएनन् । यसका लागि गाउँपालिका, राजनीतिदलहरु र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न कार्यालयले आग्रह समेत गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९