राज शाही सोमबार, भाद्र ०६, २०७९ मा प्रकाशित

नेपाल पत्रकार महासंघ हुम्ला शाखाद्धारा जग्गा खरिद गरिएको हो । हालसम्म भाडामा कार्यालय सञ्चालन गर्दै आएको शाखाले आफ्नो भवन निर्माणका लागि नयाँ जग्गा खरिद गरेको हो । महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतका अनुसार महासंघले पहिलो पटक आफ्ना नाममा जग्गा खरिद गरेको छ ।
उक्त जग्गा सिमकोट गाउँपालिका–५ भित्र पर्छ । जग्गा कुल क्षेत्रफल १७६ दशमलव २५ वर्ग मिटर रहेको छ । उक्त जग्गा खरिदका लागि खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाले आर्थिक सहयोग गरेका थिए ।
यसका लागि क्रमश गाउँपालिका पाँच, तीन र दुई लाख रुपियाँ उपलब्ध गराएका थिए । लालपुर्जा हातमा आएपछि महासंघ हुम्ला शाखाले जग्गा खरिदका लागि सहयोग गर्ने निकाय र ब्यक्तिलाई धन्यवाद समेत दिएको छ । यसअघि गत तिहारमा महासंघले देउसी भैलो खेलेर एक लाख भन्दा बढी रुपियाँ उठाएको थियो । सो रुपियाँ पनि महासंघले यसैमा खर्च गर्ने जनाएको छ ।
हालसम्म आफ्नो भवन नभएको महासंघलाई अब आफ्नो भवन निर्माणका लागि सहायता जुटाएर अगाडी बढ्ने बाटो खुलेको छ । अध्यक्ष रावतले लालपुर्जा प्राप्त भएको र अब आफ्नो भवन निर्माणका लागि सहयोगी निकायको खोजीमा लाग्ने बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९