राज शाही सोमबार, भाद्र ०६, २०७९ मा प्रकाशित

नेकपा माओवादी विप्लब पार्टीले एक दिन नेपाल वन्दको घोषणा गरेको छ । उक्त पार्टीका हुम्ला जिल्ला जनसरकार प्रमुख विश्वदिपका अनुसार भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको बताएका छन् ।
भाद्र १ गतेबाट सुरु भएको विभिन्न चरण अन्तरगतका कार्यक्रमहरुमा भाद्र ६ गते वेलुका जिल्लाका ३ वटा गाउँपालिकामा मसाल जुलुसको आयोजना गरिएको छ । मसाल जुलुस खार्पुनाथ, ताँजाकोट र सर्केगाड गाउँपालिकामा वेलुका ७ वजे निकाल्ने भएको छ ।
यस अघिको सरकार सँग सम्झौता भई सान्ति प्रक्रियामा आइ सकेपछि नेकपा माओवादीका महासचिव विप्लब सहितका ३८ जना नेता तथा कार्यकर्ताको नाउँमा पक्राउ पुर्जी जारी गरेको, पेट्रोलिम पर्दाथ सहित दैनिक उपभोग्य सामाग्रीमा महंगी बढेको र एमसिसि पासका विरुद्धमा भाद्र ७ गते नेपाल वन्दको घोषणा गरिएको सोही पार्टीका जिल्ला जनसरकार प्रमुख विश्वदिपले बताएका छन् ।
नेकपा माओवादी सहित जिल्लाका अन्य ४ पार्टीको संयुक्त आयोजनामा सो नेपाल वन्दको घोषणा गरिएको उक्त पार्टी हुम्लाका जनसरकार प्रमुख विश्वदिपले बताएका छन् । उक्त पार्टीले भाद्र १ गते देशै भरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र, कोण सभा लगाएतका कार्यक्रम गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९