राज शाही बिहिबार, साउन २६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका-१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍ कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको उनले बताइन् । मृतक लामिछानेको सनाखतका लागि प्रक्रिया अघि बढिरहेको परियारले बताइन् ।

उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए । मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियाले जानकारी दिइन् । विष्टलाई भने टाउकोमा चोट लागेको छ ।घाइते विष्टको नेपालगन्जमा उपचार भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९