राज शाही बुधबार, साउन २५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

 एक घरमा आगलागी हुँदा करिव ३ लाख वरावर धनमालको क्षेती भएको छ । जिल्लाको मध्य क्षेत्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका वडा नं ८ रादेव गाउँको लेख सकचरा भन्ने ठाउँमा आगलागी भएको हो । वर्षा मसौममा गर्मी छल्न र लेखमा लगाइको गहु, जौ, फापर, चिनो लगाएतका अन्न भण्डारण गर्न बनाइएको तिन तलाको घरमा आगलागी भएको हो ।आगलागी हुने घरमा सर्केगाड गाउँपालिका वडा नं ८ रादेव निवासी ल्वारे रोकायाको रहेको सोही वडाका वडा अध्यक्ष रंगमल रोकायालाई उद्रित गर्दै हाम्रा स्थानिय संवाददाता ओम प्रसाद जैसीले बताएका छन् ।
मंगलबार राती करिव ९ वजेको समयमा आगलागी सुरु भएको र राती २ वजे स्थानियवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । उक्त घर भित्र राखीएको वृद्ध भत्ता १५ हजार नगद, १५ कुन्टल गहुँ,१० कुन्टल फापर, भाँडवर्तन सबै जलेर नष्ट भएको संवाददाता जैसीले बताएका छन् । स्थानिय जनप्रतिनिधिले गरेको मुल्याङकनमा करिव ३ लाख बरावरको क्षेती भएको जानकारी प्राप्त भएको ।
३ तलाको पुरै ६ कोठे घर जलेर नष्ट भएको जैसीले बताएका छन् । उक्त घरको गोठमा भेडा बाख्रा राखिएकोमा राती भेडा बाख्रा मात्र बचाउन सकिएको र अन्य कुनै अन्न लत्ता कपडा नगद बचाउन नसकिएको अध्यक्ष रंगमल रोकायाले बताएका छन् ।
घरमुली वृद्ध वृद्धाले खाना बनाएर खाइ सकेपछि आगो ननिभाइ अर्को घरमा वस्न गएको वेला आगलागी भएको भन्ने सम्मको खवर प्राप्त भएको छ । जसको प्रहरी मुचुल्काको लागी जानकारी गराएको र प्रहरी घटना स्थलमा पुगी मुचुल्का गरेपछि क्षेतिको एकिन विवरण आउने भएको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९