राज शाही बुधबार, साउन १८, २०७९ मा प्रकाशित

हुम्ला जिल्लाका जनप्रतिनिधि जनताका लागी उदारणीय बन्दै गइ रहेका छन् । स्वत स्फुरतरुपमा काम गर्न पाएमा हुम्लाका जनप्रतिनिधिले पनि जनताको हितका लागी काम गर्न सक्छन् भन्ने उदारण खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीले यति वेला गरि रहेका छन् ।
वडा पालिकाको पहिलो बैठकबाट शाहीले उक्त वडाको जनताका हकहित, शिक्षा, स्वास्थ्य, गाँस वासलाई पहिलो प्राथामिकतामा राखी काम गर्ने बाचा गरे बमोजिम हाल उक्त वडामा सोही बमोजिमको काम गरि रहेका छन् ।

यस अघि आफ्नो पारिश्रमिकबाट उक्त वडाका विपन्न २४ घरधुरीलाई खाध्यन्न उपलब्ध गराएका शाहीले बुधावार आज दलित बालविकासलाई मनोरन्जनका सामाग्री संगै स्टस्नरीका सामान उपलब्ध गराएका छन् । दलित बाल विकास केन्द्र खार्पुनाथ ५ वडाको दलित वस्तीमा स्थापना भएको उक्त विद्यालयलाई आज १ कार्यक्रमका विच सो सामाग्री हस्तान्तरण गरेका हुन ।

हाल उक्त बालविकास केन्द्रमा २४ जना बालबालिका रहेको बताइएको छ । उक्त सामाग्री प्राप्त भए पछि सो बालबिकास केन्द्रमा अध्ययनरत बालबालिकालाई पठन पाठन गराउन सहज भएको बालबिकास केन्द्र शिक्षिका डाँफु सुनारले बताएकी छ ।


स्टेस्नरी र मनोरन्जनका सामाग्रीहरुमा कापी, कलम, पेन्सील, डिजिटल इरेजर र मनोरन्जनका सामाग्रीहरु गुडिया लगाएतका रहेका छन् । अंक अक्षरमा लेखेका सामाग्रीहरु समेत उपलब्ध गराइएको अध्यक्ष शाहीले बताएका छन् । जसले गर्दा बालबालिकालाई अंक अक्षरहरु चिनाउन सहज भएको शिक्षिका सुनारले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९