राज शाही मंगलबार, साउन १७, २०७९ मा प्रकाशित

हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ को पहिलो बैठकले वडा नं ५ का कुनै पनि व्यक्तीले मृत्युबरण गरेमा १० हजार किरिया खर्च दिने निर्णय गरेको थियो । वडा अध्यक्ष भरतजंग शाहीको अध्यक्षतामा वसेको पहिलो बैठकले गरेको निर्णय हाल क्रमस कार्यन्वयन हुँदै आएको छ ।
यसै बिच खार्पुनाथ गाउँपालिका वडा नं ५ का पुल्ती सरा शाहीको यस अघि आफ्नै कालगतिले निधन भएको थियो । निजको निधन भएको भनी वडा पालिकामा मृत्यु दर्ता प्रमाण पत्रका लागी निवेदन परे थियो ।
उक्त निवेदनका आधारमा खार्पुनाथ गाउँपालिका वडा नं ५ को पहिलो बैठकले गरेको निर्णय बमोजिम वडा अध्यक्ष शाहीले मृतकका घर परिवारलाई भेटी किरिया खर्चबापत १० हजार रुपैया उपलब्ध गराइएका छन ।
यसले गर्दा निहुन आयश्रोत भएका व्यक्तीहरुलाई मृत्युबरण गरेका व्यक्तीहरुका परिवारलाई वैधिक विधि अनुसारका कर्म गर्न सहज हुने अध्यक्ष शाहीले बताएका छन् ।
खार्पुनाथ गाउँपालिकामा बसोबास गर्ने गर्भवती तथा सुत्केरी महिलाको सोही गाउँपालिकाको अस्पतालमा उपचार हुन नसके वाहिर रिफर गर्नु परेमा जिल्ला अस्पताल सम्मको गाडी भाडा र विधुत निसुल्क गर्ने प्रतिवद्धता गरेका थिय । हाल उक्त वडाले गाउँपालिकाबाट जिल्ला अस्पतालमा रिफर भएका गर्भवती तथा सुत्केरी महिलाको गाडी भाडा र विधुतको महसुल तिर्दै आएको छ ।

मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैर धारण गर्ने शक्ती प्रधान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदन प्रकट गर्दछ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९