राज शाही आइतबार, साउन १५, २०७९ मा प्रकाशित

चुनावका वेला दिएको आश्वासन जनप्रतिनिधिले पुरा गर्न थालेका छन् । चुनाव जित्नकै लागी जनतालाई विभिन्न आश्वासन दिने जिति सके पछि केही नगर्ने भन्ने जनताको गुनासोलाई यति वेला हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले संवोधन गरेका छन् ।


चुनावी प्रचारका क्रममा वडा अध्यक्ष शाहीले आफुले पाउने पारीश्रमीकबाट गरीव,दलित, एकल महिला, वृद्ध, अपाङ्ग, असक्त, निमुखा, दुखी जनताको हितका लागी खर्च गर्ने वाचा गरेका थिए । सोही बमोजिम वडा अध्यक्ष शाहीले आइतबार जननिर्वाचित पछि पहिलो पारिश्रमीक पाएको र उक्त पारीश्रमिकबाट २४ घरधुरीलाई चामल वितरण गरेका छन ।

यो आफ्नो पहिलो पारिश्रमिकबाट भएको र यस पछि उक्त वडाका वास्तविक गरिव, निमुख जनताको समस्यालाई पहिचान गरी सोही अनुसारको आफ्नो पारिश्रमिकबाट सेवा उपलब्ध गराउने बताएका छन् । यो आफ्नो पहिलो प्रयास भएको पनि अध्यक्ष शाहीले बताएका छन् ।

आफुले संधै खार्पुनाथ गाउँपालिका वडा नं ५ का जनताको मुहारमा खुसी देख्न चाहेकाले हरतरह जे जसरी हुन्छ जनताको सुरक्षा, गास, वास, कपा, शिक्षा, स्वास्थ्यका लागी, लागी पर्ने समेत वडा अध्यक्ष शाहीले बताएका छन् । यो वा त्यो नभनी समग्रह खार्पुनाथ गाउँपालिका वडा नं ५ का जनताको हितका लागी अव आउने पारिश्रमिक खर्च गर्ने शाहीले थप बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९