राज शाही आइतबार, साउन १५, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

चुनावका वेला दिएको आश्वासन जनप्रतिनिधिले पुरा गर्न थालेका छन् । चुनाव जित्नकै लागी जनतालाई विभिन्न आश्वासन दिने जिति सके पछि केही नगर्ने भन्ने जनताको गुनासोलाई यति वेला हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले संवोधन गरेका छन् ।


चुनावी प्रचारका क्रममा वडा अध्यक्ष शाहीले आफुले पाउने पारीश्रमीकबाट गरीव,दलित, एकल महिला, वृद्ध, अपाङ्ग, असक्त, निमुखा, दुखी जनताको हितका लागी खर्च गर्ने वाचा गरेका थिए । सोही बमोजिम वडा अध्यक्ष शाहीले आइतबार जननिर्वाचित पछि पहिलो पारिश्रमीक पाएको र उक्त पारीश्रमिकबाट २४ घरधुरीलाई चामल वितरण गरेका छन ।

यो आफ्नो पहिलो पारिश्रमिकबाट भएको र यस पछि उक्त वडाका वास्तविक गरिव, निमुख जनताको समस्यालाई पहिचान गरी सोही अनुसारको आफ्नो पारिश्रमिकबाट सेवा उपलब्ध गराउने बताएका छन् । यो आफ्नो पहिलो प्रयास भएको पनि अध्यक्ष शाहीले बताएका छन् ।

आफुले संधै खार्पुनाथ गाउँपालिका वडा नं ५ का जनताको मुहारमा खुसी देख्न चाहेकाले हरतरह जे जसरी हुन्छ जनताको सुरक्षा, गास, वास, कपा, शिक्षा, स्वास्थ्यका लागी, लागी पर्ने समेत वडा अध्यक्ष शाहीले बताएका छन् । यो वा त्यो नभनी समग्रह खार्पुनाथ गाउँपालिका वडा नं ५ का जनताको हितका लागी अव आउने पारिश्रमिक खर्च गर्ने शाहीले थप बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९