राज शाही शनिबार, साउन ०७, २०७९ मा प्रकाशित

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४० औं स्मृति दिवस सुक्रबार विशेष कार्यक्रम गरि मनाईएको छ । प्रजातान्त्रिक आन्दोलनका पुरुष बिपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेता हुनहुन्छ, नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नु भएका उनी २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेको विपिचिन्तन प्रतिष्ठानका अध्यक्ष मधु वस्नेत शाहीले वताएकी थिइन ।

विपि स्मृती प्रतिष्ठानको आयोजनामा संचालन भएको स्मृति दिवसको अवसरमा हुम्लामा पनि विशेष कार्यक्रम गरी बिपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको थियो । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगरेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिएको नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष विशाल बोहराले बताएका थिए ।

३२ वर्षको उमेरमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका बिपी २००७ सालको क्रान्तिका शीर्ष नेता भएको जुन क्रान्तिको बेलामा १०४ वर्षे राणा शासनको अन्त्य भएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला भाम रोकायाले बताएकी थिइन ।
क्रान्तिपछि संविधानसभा निर्वाचन मार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि बिपीले संसदको चुनाव स्विकार गरेको, २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेको नेपाली काँग्रेसका पुर्व सभापति जयपति रोकायाले बताएका थिए ।

बिपी नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रियकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । पञ्चहरुले धाँधली गरी बहुदल हराएको भन्दै परिणाम स्विकार नगर्न पार्टी भित्र तीव्र दबाव परे पनि उनले परिणाम स्विकार गरेको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका थिए ।

मुलुकको सार्वभौमिकताका सामु प्रजातन्त्र गौण हुन्छ भन्ने कुरालाई व्यवहारमै उतार्नु बिपीको चानचुने निर्णय थिएन । बिपीको निधन भएको चार दशक पुग्नै लाग्दा उनले प्रतिपादन गरेको मेलमिलापको नीति सान्दर्भीक भएको छ ।उक्त कार्यक्रमको आयोजना विपि चिन्तन प्रतिष्ठानले गरेको थियो । शनिवार संचालन भएको कार्यक्रमको अध्यक्षता विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्ने शाहीको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९