राज शाही शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित

हुम्लाको सिमकोट माथिल्लो बजारको लामो दुरीको सडक पिचिङ कार्य सुरु भएको छ । पिचिङका लागी यति वेला जेसिवी इस्काभेटरले सडकलाई खोतल्ने कार्य सुरु गरेको छ । उक्त खोतल्ने कार्य एरपोट चेक देखि कालीचोक सम्म गरीरहेको छ ।

निर्माण कम्पनीका पालु रावतले उक्त सडकको पीच गर्ने कार्य छिटो छरितो ढंगले गर्नकै लागी स्काभेटरवाट खोतल्ने काम भइ रहेको र यस पछि सडकका खाल्डा खुल्डी पुरी पत्थर विछाइ ग्रावेलिङ गरी सरिया हाली पिचिङको लागी तयारी गर्ने बताएका छन् । एर्पोट चोक देखि काठेचुली सम्मको ढल लामो र उकालो भएकाले बजारको फोहर पानी वग्न समस्या भए पछि उक्त सडकको दुइ तिन ठाउँमा ढल निकासाको लागी छलफल समेत भएको छ । जसमा लोतान्त्रीक चोक रहेको सडक विचबाट तल ढल निकासा गर्ने त्यसै गरी जिल्ला प्रशासन कार्यालय पछाडीबाट निकास गर्ने ठाउँको खोजी गरी उपयुक्त ठाउँबाट ढल निकासाको लागी पहल गरिने भएको छ । सडक निर्माण हुँदा करिव १ महिना सम्म उक्त सडकमा यातायातका साधन संचालन संगै मानिसहरुलाई आवतजावतमा समस्या हुने देखिएको छ ।

उक्त सडक गुणस्तरिय निर्माणका लागी निरन्त्रर पहल, अनुगमन गरि रहने सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला भाम रोकायाले बताएकी छन् । विकास हाम्रो लागी भएकाले निर्माण कम्पनि पनि हुम्लाकै भएकाले निजले पनि सडक गुणस्तरी वनाउने समेतको प्रतिवद्धता वक्त गरेको उपाध्यक्ष रोकायाले बताएकी छन् । सो सडक ७ मिटर चौड पिचिङ हुने भएको हो ।

सडकमा राखिएका विद्युतका पोलहरु र खानेपानीका पाइप ७ मिटर सडक भित्र परेमा ति पोल तथा पाइपको बिकल्पको उपाए अपनाइने सिकोमट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताएका छन् । सडक पिचिङ भएमा हुम्ला जिल्ला सदरमुकाम सिमकोट वजार केही व्यवस्थित र सफा देखिने निश्चित छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९