राज शाही शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको सिमकोट माथिल्लो बजारको लामो दुरीको सडक पिचिङ कार्य सुरु भएको छ । पिचिङका लागी यति वेला जेसिवी इस्काभेटरले सडकलाई खोतल्ने कार्य सुरु गरेको छ । उक्त खोतल्ने कार्य एरपोट चेक देखि कालीचोक सम्म गरीरहेको छ ।

निर्माण कम्पनीका पालु रावतले उक्त सडकको पीच गर्ने कार्य छिटो छरितो ढंगले गर्नकै लागी स्काभेटरवाट खोतल्ने काम भइ रहेको र यस पछि सडकका खाल्डा खुल्डी पुरी पत्थर विछाइ ग्रावेलिङ गरी सरिया हाली पिचिङको लागी तयारी गर्ने बताएका छन् । एर्पोट चोक देखि काठेचुली सम्मको ढल लामो र उकालो भएकाले बजारको फोहर पानी वग्न समस्या भए पछि उक्त सडकको दुइ तिन ठाउँमा ढल निकासाको लागी छलफल समेत भएको छ । जसमा लोतान्त्रीक चोक रहेको सडक विचबाट तल ढल निकासा गर्ने त्यसै गरी जिल्ला प्रशासन कार्यालय पछाडीबाट निकास गर्ने ठाउँको खोजी गरी उपयुक्त ठाउँबाट ढल निकासाको लागी पहल गरिने भएको छ । सडक निर्माण हुँदा करिव १ महिना सम्म उक्त सडकमा यातायातका साधन संचालन संगै मानिसहरुलाई आवतजावतमा समस्या हुने देखिएको छ ।

उक्त सडक गुणस्तरिय निर्माणका लागी निरन्त्रर पहल, अनुगमन गरि रहने सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला भाम रोकायाले बताएकी छन् । विकास हाम्रो लागी भएकाले निर्माण कम्पनि पनि हुम्लाकै भएकाले निजले पनि सडक गुणस्तरी वनाउने समेतको प्रतिवद्धता वक्त गरेको उपाध्यक्ष रोकायाले बताएकी छन् । सो सडक ७ मिटर चौड पिचिङ हुने भएको हो ।

सडकमा राखिएका विद्युतका पोलहरु र खानेपानीका पाइप ७ मिटर सडक भित्र परेमा ति पोल तथा पाइपको बिकल्पको उपाए अपनाइने सिकोमट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताएका छन् । सडक पिचिङ भएमा हुम्ला जिल्ला सदरमुकाम सिमकोट वजार केही व्यवस्थित र सफा देखिने निश्चित छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९