राज शाही बिहिबार, साउन ०५, २०७९ मा प्रकाशित

हुम्ला जिल्ला भरिबाट उत्कृष्ट ठहरिएका सफल उद्यमी पुरस्कृत भएका छन् । स्थानीय अर्गानिक उत्पादनहरुको उत्पादन र बजारीकरण गर्दै आएका उद्यमी मुकुन्द रोकाया पुरस्कृत भएका हुन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरका अनुसार सिमकोट गाउँपालिका–६ मा स्थापना भएको स्वबर्ण सिमकोट खाद्य उद्योगका सञ्चालक पुरस्कृत भएको छ ।
मुल्याङ्कन समितिको निर्णय अनुसार उक्त उद्योग छनौट भएर पुरस्कृति भएको हो । पुरस्कृत हुने उद्योगका सञ्चालक रोकायालाई एक लाख रुपियाँको चेक हस्तान्तरण गरिएको थियो । उक्त उद्योगबाट जौको सातु, बिस्कुट, चिनोको चामल, फापरको पिठो, खाबु, चुली, ढँटेलोको तेल, सिमि, सिस्नुको पाउडर उत्पादन गरेर जिल्ला बाहिर पैठारी हुने गर्दै आएको छ । त्यसैगरि स्थानीय अन्नलाई पनि पिस्ने कार्य हुदै आएको छ ।
उक्तृष्ट उद्यमी ठहरिए पछि सफल उद्यमी रोकायाले काम गर्ने हौसला मिलेको बताएका छन् । उनले अब आफ्नो पेशालाई अझै बिस्तार गर्ने योजना रहेको जानकारी दिएका छन् । करिब एक करोड लगानी गरेर उनले केही वर्ष अगाडी उक्त उद्योग स्थापना गरेका थिए । कार्यालयको सफल उद्यम र उद्यमी पुरस्कृत गर्ने कार्यक्रम अन्र्तगत उनलाई पुरस्कृत गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९