दाने बोहरा शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

हुम्ला
सिमकोट गाउँपालिकाले क्वारेन्टाइनमा बस्दै आएका नाफ्ना नागरीकलाई क्वारेन्टाइन खर्च दिने निर्णय गरेको छ । आजै बसेको गाउँकार्यपालीको बैठकले प्रतिव्यक्तिलाई विहान बेलुका खाना र दिउँसो खाजा खर्च एक सय गरेर पाँच सयका दरले दिनेभएको छ ।

गाउँपालिकाले वडा एक देखि आठ सम्म क्वारेन्टायनमा बसेका दुई सय १६ जनालाई प्रतिव्यक्ति पाँच सयका दरले क्वारेन्टाइन खर्च दिएको सिमकोट गाउँपालिका प्रवक्ता रुपसिंह सुनारले जानकारी दिनुभयो ।

जिल्ला बाहिर काठमाण्डौ, सुर्खेत, नेपालगन्ज लगायत अन्य मुलुकबाट भित्रीएका २ सय १६ जनालाई दिनको पाँच सयका दरले १५ लाख १२ हजार रुपैयाँ क्वारेन्टाइन दिएको प्रवक्ता सुनारले बताउनुभयो ।

पालिकाले जिल्लाबाहिरबाट आउने र कवारेन्टाइनमा बस्ने सबैलाई क्वारेन्टाइन खर्च दिने भएको हो ।

यस्तै सिमकोट गाउँपालिकाले विपद व्यवस्थापन कोषमा प्रदेश सरकारले पठाएको १५ लाखमा गाउँपालिकामा सम्झौ नभएका योजनाको रकम पनि रकामान्तर गर्ने भएको छ ।

आजै सबेको कार्यपालिका बैठकले गाउँपालिकामा सम्झौता नभएका सम्पुर्ण योजनाहरुको रकम विपद व्यवस्थापन कोषमा रकामान्तर गर्ने भएको सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९