राज शाही बुधबार, साउन ०४, २०७९ मा प्रकाशित

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नं १ र ५ का ३३ घरधुरीलाई जस्ता पाता वितरण गरिएको छ । गरिवको रेखामुनी रहेका विपन्न परिवारलाई उक्त जस्ता पाता वितरण गरिएको खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष एव सोही गाउँपालिका प्रवक्ता भरत जंग शाहीले बताएका छन् ।

हाल खार्पुनाथ गाउँपालिकाको लागी सघन सहरी विकास तथा भवन निर्माण आयोजनाबाट आर्थिक सहयोग भई सो जस्ता पाता खार्पुनाथ गाउँपालिकाका विपन्न गरिव घरधुरीका लागी वितरण गरिएको सोही आयोजनाका प्राविधिक विमल रावतले बताएका छन् ।

उक्त गाउँपालिकाले साउन २ र ३ गते खार्पुनाथ गाउँपालिका वडा नं १ का १४ घरधुरी र वडा नं ५ का १९ घरीधुरी गरी जम्मा ३३ घरधुरीलाई जस्ता पाता वितरण गरीएको प्रवक्ता शाहीले बताएका छन् । वडा अध्यक्ष शाहीका अनुसार खार्पुनाथ गाउँपालिका वडा नं ३ राया, वडा नं २ थाली र वडा नं ४ छिप्राका गरिव विपन्न घरपरिवारलाई अवको १।२ दिनमा वितरण गरिने शाहीले बताएका छन् ।

यस अघि वितरण गरीएका घरपरिवारलाई प्रति परिवार १६ वटाका दर वितरण गरिएको शाहीले बताएका छन् । घर नभएका भए पनि पानी चुही घर भित्र बस्न नसक्ने घर परिवारका सदस्यलाई उक्त जस्ता पाता वितरण गरिएको हो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९