राज शाही शुक्रबार, आषाढ २४, २०७९ मा प्रकाशित

माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ र वक्तित्वकला प्रतियोता संचालन गरिएको छ । उक्त हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगितन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटी को आयोजनामा सिमकोट गाउँपालिका स्थतरिय माध्यामिक विद्यालयहरुको भएको हो ।

विहान ११ वजे मानसरोवर माध्यामिक विद्यालयमा संचालन भएको प्रतियोगितामा सिमकोट गाउँपालिकामा रहेका माध्यामिक विद्यालयहरु बालमन्दिर, मानसरोवर, सिदार्थ, रलिङ, सैपाल, रामदेव माध्यामिक विद्यालय र कैलास बोदिङ बोडिङ स्कुलका विद्यार्थीले भाग लिएका थिए ।

गुणस्तरीय शिक्षाका लागी सरोकारवालाको भुमिका विषयक वक्तित्वकलामा प्रथम बालमन्दिर माध्यामिक विद्यालयकी लष्मी शाही, दोश्रो मानसरोवर माध्याकिक विद्यालयकी छोसाङ आङमु तामाङ र तेश्रो सैपाल माध्यामिक विद्यालयका पदम वुढा भएका थिए ।

त्यसै गरी हाजिरी जवाफ प्रतियोगितामा प्रथम कैलास बोदि बोडिङ स्कुल, दोश्रो मानसरोवर माध्यामिक वीद्यालय र तेश्रोमा रलिङ माध्यामिक विद्यालय भएका थिए । दुवै विद्यामा प्रथम दोश्रो तेश्रो हुने विद्यार्थीलाई नगद तथा स्टेस्नरीका सामाग्री वितरण गरिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्ष अखिल नेपाल विद्यार्थी संगठनका जिल्ला अध्यक्ष जयराज संन्ज्यालयको र प्रमुख आतिथ्य दल फडेराको रहेको थियो । कार्यक्रममा शिक्षक विद्यार्थी पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९