राज शाही बुधबार, आषाढ २२, २०७९ मा प्रकाशित

 फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराइएको छ । प्रशिक्षण हिमाली जिल्ला हुम्लाका कर्मचारीलाई माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले गराएका हुन । हुम्ला जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगी देखि श्रेस्तेदार उपसचिव सम्मका कर्मचारीलाई न्यायाधीश पौडेलले प्रशिक्षण गराएका हुन ।


फरक मुद्दा व्यवस्थापन भनेको के हो, यो कति प्रकारका हुन्छन् भन्ने विषयमा सिकाइएको थियो । मुद्दालाई ३ किसिमकले विभाजन गरिएको जसमा सरल मार्ग, सामान्य मार्ग र विशेष मार्ग रहेको प्रशिक्षणमा सिकाइएको थियो । ६ महिना भित्र फर्च्छौट हुने मुद्दा सरल मार्ग, १२ महिना सम्म फर्च्छौट हुने मुद्दालाई सामान्य र १८ महिना भित्र फर्च्छौट हुने मुद्दालाई विशेष मार्गमा विभाजन गरिएको न्यायाधीश पौडेलले बताएका थिए।

कुनै मुद्दा तथा निवेदन मार्ग नहुने पनि पौडेलले बताएका छन् । मार्ग नहुनेमा वन्दी प्रत्यक्षीकरण, अन्तरकालीन निवेदन, दामासायी निवेदन लगाएतका रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार कमलकुमार आचार्यले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९