राज शाही बुधबार, आषाढ २२, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

 फरक मुद्दा व्यवस्थापन सम्बन्धि प्रशिक्षण गराइएको छ । प्रशिक्षण हिमाली जिल्ला हुम्लाका कर्मचारीलाई माननीय जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले गराएका हुन । हुम्ला जिल्ला अदालतमा कार्यरत कार्यालय सहयोगी देखि श्रेस्तेदार उपसचिव सम्मका कर्मचारीलाई न्यायाधीश पौडेलले प्रशिक्षण गराएका हुन ।


फरक मुद्दा व्यवस्थापन भनेको के हो, यो कति प्रकारका हुन्छन् भन्ने विषयमा सिकाइएको थियो । मुद्दालाई ३ किसिमकले विभाजन गरिएको जसमा सरल मार्ग, सामान्य मार्ग र विशेष मार्ग रहेको प्रशिक्षणमा सिकाइएको थियो । ६ महिना भित्र फर्च्छौट हुने मुद्दा सरल मार्ग, १२ महिना सम्म फर्च्छौट हुने मुद्दालाई सामान्य र १८ महिना भित्र फर्च्छौट हुने मुद्दालाई विशेष मार्गमा विभाजन गरिएको न्यायाधीश पौडेलले बताएका थिए।

कुनै मुद्दा तथा निवेदन मार्ग नहुने पनि पौडेलले बताएका छन् । मार्ग नहुनेमा वन्दी प्रत्यक्षीकरण, अन्तरकालीन निवेदन, दामासायी निवेदन लगाएतका रहेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार कमलकुमार आचार्यले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९