राज शाही सोमबार, आषाढ २०, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

कारागार कार्यालय हुम्लामा स्वास्थ्यकर्मीको दरवन्दी पुर्ती नहुदा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको भर पर्नु पर्ने भएको छ । राती तथा दिनमा विरामी हुने कैदी तथा थुनुवालाई सुरक्षाका साथ जिल्ला स्वास्थ्य सेवा कार्यालय पुगी विरामीको स्वास्थ्य परिक्षण गर्नु पर्ने वाध्यता रहेको जिल्ला कारागार कार्यालय खरिदार डवले रावतले बताएका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा चेकजाँच गरे पनि औषधी खरिद भने जिल्ला कारागार कार्यालय हुम्लाले नै गरि दिने गरेको सो कार्यालय लेखापाल निरमाया विष्टले बताएकी छन् ।


हाल जिल्ला कारागार कार्यालय हुम्लामा १० जनाको दरवन्दी रहेको छ । जसमा नायव सुव्वा १ जना, खरिदार १ जाना, सह लेखापाल १ जना र एचयको दरवन्दी १, कम्युटर अप्रेटर १ जना, जेलर १ जना र कार्यालय सहयोगीको दरवन्दी ४ जना गरी जम्मा १० जनाको दरवन्दी रहेको हो । नायव सुव्वा, खरिदार, सलेपा स्थाइ कर्मचारी रहेका छन् भने कार्यालय सहयोगी र कम्युटर अप्रेटर करारवाट पद पुर्ती गरिएको सोही कार्यालयका प्रमुख इन्द्राकुमारी खरालले बताएकी छन् ।

त्यसै गरी सो कार्यालयले कैदी तथा थुनुवालाई ओड्ने ओछाउने विस्तारा सहित १ सेट सोही कार्यालयले व्यवस्था गर्ने गरेको छ । कारागार कार्यालय नहुँदा कैदी तथा थुनुवालाई जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखी पुर्पक्ष गर्नु परेको र हिरासद कक्ष पनि सानो हुँदा कहिले काँही थुनुवा तथा कैदी वढी हुँदा प्रहरीको कार्यकक्षमा सुरक्षाकर्मीको व्यवस्था गरी राख्नु परेको खरिदार रावतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९