राज शाही सोमबार, आषाढ २०, २०७९ मा प्रकाशित

कारागार कार्यालय हुम्लामा स्वास्थ्यकर्मीको दरवन्दी पुर्ती नहुदा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको भर पर्नु पर्ने भएको छ । राती तथा दिनमा विरामी हुने कैदी तथा थुनुवालाई सुरक्षाका साथ जिल्ला स्वास्थ्य सेवा कार्यालय पुगी विरामीको स्वास्थ्य परिक्षण गर्नु पर्ने वाध्यता रहेको जिल्ला कारागार कार्यालय खरिदार डवले रावतले बताएका छन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा चेकजाँच गरे पनि औषधी खरिद भने जिल्ला कारागार कार्यालय हुम्लाले नै गरि दिने गरेको सो कार्यालय लेखापाल निरमाया विष्टले बताएकी छन् ।


हाल जिल्ला कारागार कार्यालय हुम्लामा १० जनाको दरवन्दी रहेको छ । जसमा नायव सुव्वा १ जना, खरिदार १ जाना, सह लेखापाल १ जना र एचयको दरवन्दी १, कम्युटर अप्रेटर १ जना, जेलर १ जना र कार्यालय सहयोगीको दरवन्दी ४ जना गरी जम्मा १० जनाको दरवन्दी रहेको हो । नायव सुव्वा, खरिदार, सलेपा स्थाइ कर्मचारी रहेका छन् भने कार्यालय सहयोगी र कम्युटर अप्रेटर करारवाट पद पुर्ती गरिएको सोही कार्यालयका प्रमुख इन्द्राकुमारी खरालले बताएकी छन् ।

त्यसै गरी सो कार्यालयले कैदी तथा थुनुवालाई ओड्ने ओछाउने विस्तारा सहित १ सेट सोही कार्यालयले व्यवस्था गर्ने गरेको छ । कारागार कार्यालय नहुँदा कैदी तथा थुनुवालाई जिल्ला प्रहरी कार्यालयको हिरासदमा राखी पुर्पक्ष गर्नु परेको र हिरासद कक्ष पनि सानो हुँदा कहिले काँही थुनुवा तथा कैदी वढी हुँदा प्रहरीको कार्यकक्षमा सुरक्षाकर्मीको व्यवस्था गरी राख्नु परेको खरिदार रावतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९