राज शाही शुक्रबार, आषाढ १७, २०७९ मा प्रकाशित

सिमकोट विमानस्थलको तलपट्टी खाली बाँजो रहेको जग्गामा गहुँ बाली लगाउदा उत्पादन राम्रो हुनुका साथै बातावरण संरक्षण र सुद्ध भएको छ । विगत ५।६ वर्ष अगाडी स्थानियवासीले सौच गर्ने जग्गा सिमकोट विमान स्थलले घेरबार गरेपछि व्यवस्थित हुनुका साथै अहिले गहुँ बाली राम्रो उत्पादन भएको छ ।


स्थानियवासीले सिमकोट विमान स्थलको तल पट्टीको करिव १ रोपनी जग्गामा लगाएको गहुँ अति नै राम्रो उत्पादन भएको छ । स्थानियवासीले डम्पिङ साइटकोरुपमा प्रयोग गर्दै आएको उक्त जग्गामा कृषकले फोहर जति जलाइ सिसा छुटाइ बाली लगाउदा राम्रो उत्पादन दिने देखिएको हो ।हवाइ मैदान सफा हुनुका साथै वातावरणीय हिसावले सोच्छ देखिएको छ ।
नेपालकै उच्च स्थानमा रहेको सिमकोट विमान स्थल रनवय वाहेक अन्य खाली जग्गामा स्थानियवासीको सौच गर्ने र बजारबाट निक्लेको फोहोरफाल्ने डम्पिङ साइटका रुपमा परिणत भएको थियो । सोही जग्गालाई सदउपयोग गर्दै काम नलाग्ने झरपात पन्छाउदै सिमकोट विमान स्थलको तल पट्टी जग्गामा लगाइएको गहुँ यति वेला राम्रो उत्पादन हुने देखिएको छ ।
उक्त जग्गामा लगाएको गहु करिव ३ कुन्टल जति उत्पादन हुने देखिएको छ ।

त्यसै गरी सिमकोट विमान स्थलको माथि पट्टी रहेको जग्गामा पनि वाजारवासीले फोहोर फाली डम्पीङ साइटकोरुपमा परिणत भएको छ । उक्त जग्गालाई सरसफाइ गरी उत्पादनमुलक तरकारी लगाएतका वाली लगाउदा वातावरण संरक्षण हुनुका साथै सरसफाइ देखिने निश्चित छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९