राज शाही बिहिबार, आषाढ १६, २०७९ मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा कृषि, पशु पन्छीमा आत्म निर्भरलाई पहिलो प्राथामिकतामा राखिएको छ । हुम्ला जिल्लामा रहेका ७ वटा गाउँपालिकाले पनि कृषि क्षेत्रलाई पहिलो प्राथामिकता राख्दै गाउँ सभाबाट वजेट पारि गरेको पाइएको छ । मासुजन्य प्रदार्थका लागी पशु पन्क्षीपालनलाई मुख्य प्राथामिकतामा राखेको पनि पाइएको हो । यति वेला हुम्लाका किसानहरु परम्परागत कृषि प्राणालीलाई आधुनिकीकरण गर्दै गएका छन् । आलु खेती गर्दा ब्याट बनाएर उत्पादन गर्न थालिएको छ भने हुम्लामा ६ महिना मात्रै उत्तपादन हुने कृषिमा तरकारीहरुलाई आधुनिकीकरण गर्दै गृन हाउस बनाइ राम्रो आम्दानी गर्न थालेका छन् ।

पशुपालन कृषकले व्यवस्थित खरक निर्माण गरी नसलन सुधार गरी पशु पालन गर्न थालेका छन् । पंन्क्षीपालनका लागी हुम्लामा विशेष गरी कुखुरा पालन गर्ने गरीएको छ । यसमा राज्यले निकै ठुलो लगानी गर्ने गरेको छ । कुखुरा वर्षेनी जिल्ला कृषि, पशु सेवा कार्यालय संगै गाउँपालिकाबाट पनि वितरण गर्ने गरिएको छ । कुखुरा पालनलाई पहिलो प्राथामिकता दिए पनि यसको उपचारकालागी ध्यान नदिदा कुखुराहरु मर्ने गरेका छन् । जसले गर्दा कृषकहरु मर्कामा पर्दै आएका छन् । व्यवस्थित कुखुराको खोर निमार्ण गरी स्थानिय कुखुरा पालन गरे पनि रोगबाट बचाउन नसकिएको कृषक ओवराज शाहीले बताएका छन् ।

फलफुल उत्पादनका लागी स्याउ वलक, ओखर वलक लगाएतका कार्यक्रमहरु संचालन हुँदै आएका छन् । केही स्याउ वलकले फलदिन थालेको स्याउ जोन कार्यालयका निमित्त कार्यालय प्रमुख लक्ष्मी न्यौपाने वताएका छन् । तरकारी उत्पादनमा आलु वलक, सिमि वलक पनि संचालन हुँदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९