राज शाही बिहिबार, आषाढ १६, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको सर्केगाड गाउँपालीकामा ४३ करोड ८४ लाख ४९ हजारको बजेट गाउँसभाबाट पारित भएको छ । स्थानिय तहको गत ३० गते भएको निर्वाचनमा नव निर्वाचित गाउँपालीका अध्यक्ष ठानबहादुर रोकाया,उपाध्यक्ष चन्द्रसिंह कार्की,आठ वटै वडाका वडा अध्यक्षसहित वडा सदस्यहरुले पुर्ण समर्थन जनाएसगै दसौँ गाउसभा बहुमतले पारित भएको हो ।

पर्यटन प्रवधनको लागि जल यात्रमा रिपको विउबारा देखि सल्लीसल्ला हुँदै तुम्च सम्म रेप्टीङ सञ्चालन गरिनुका साथै कृषि, शिक्षा, स्वास्थ्य, रोजगार र पुर्वाधार सम्मृद्धी सर्केगाड गउँपालीकाको आधार भन्ने मुल भावलाई आत्मसाथ गर्दै माटो सुहाउँदो अनुसारको अर्गानिक खेति उत्पादनमा जोड दिने तथा एक घर एक धारो निर्माण गर्ने जनायको छ । प्रत्येक वडावडामा सडक बिस्तारमा समेत पहल गरी पालीकामा रिङरोडको परिकल्पना गरेको छ । १५ सैया अस्पताल निर्माण, सुत्केरी पोषाण भत्ताको व्यावस्था, स्वास्थ्य वीमा तथा चौमासीक रुपमा स्वास्थ्य सिविर सञ्चालन गर्ने पालीकाको नीति तथा कार्यक्रममा उल्लेख भएको छ । यस्तै सामुदायीक सस्कृतीक संरक्षणका लागि रादेउ,फुचा,बराई,भुवा,कल्लास र कुती गाउँलाई थपाल्या–व्याँसी संरक्षण वडा गाउँ घोषणा गरिने भएको छ । पालीका स्थरिय सुविधा युक्त खेल मैदानको व्यावस्था गर्ने र स्वदेशी तथा विदेशी लगानीको निम्ति सर्केगाड गाउँपालिकाले आह्वान गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत अध्यक्ष रोकायाले गरे भने उपाध्यक्ष चन्द्रसिङ कार्कीले अनुमानित आएव्याएको बजेट प्रस्तुत गरेका हुन । यसअघि जिल्ला सदरमुख काम सिमिकोट र प्रदेस केन्द्र सुर्खेतमा सम्पर्क कार्यलय स्थापना गरि पालीकाले दिने सेवाको अभास नभएको स्थानियहरुको मर्म प्रति ध्यानाकर्षण भएर स्थानिय सरकारका जिम्मेवारी जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीले दिने सेवा प्रभाहका लागि यसै आव बाट लागू हुने गरि बिधुतिय हाजीरीको व्यावस्था गर्ने भएको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।
पाँच वर्षे कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि तथा गाउसभा सदस्यहरुले पालीका लाई नमुना बनाउन पुर्वधार विकाशका कार्यसँगै धर्म–साँस्कृतिक सँरक्षण,सिपमुलक तालीम देखि खेलकुद तथा पालीकाको राजस्वबाट पारिश्रमीकको व्यावस्था हुने गरी स्थानिय प्रहरी परिचालन गरि रोजगारको सृजना गर्ने उदेश्य रहेको गाउपालीका अध्यक्ष ठान बहादुर रोकायाले बताए ।

सम्बन्धित

ताजा अपडेट
संरक्षण ,संबर्द्धन र महत्वका लागी विद्यार्थी बीच लोक नृत्य
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९