राज शाही सोमबार, आषाढ १३, २०७९ मा प्रकाशित

 हिमाली जिल्ला हुम्लामा हवाइ मार्ग तथा स्थल मार्गबाट भित्रीने मासु तथा मासु जन्य पदार्थ रोक लगाइएको छ । उक्त रोक सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा वसेको बैठकले सोमबारबाट रोक लगाएको सोही गाउँपालिका पशु शाखाका नाप्रस विष्णु वुमीले बताएका छन् ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लामा देखिएको वर्डफुलु रोग हुम्ला जिल्लामा भित्रीन नदिनका लागी अर्को सुचना प्रकासित नभए सम्मका लागी जिल्ला बाहिरबाट हवाइ मार्ग तथा स्थल मार्गबाट आउने मासु तथा मासुजन पदार्थमा रोक लगाइएको सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताएका छन् ।

सरोकारवाला निकायहरुको उपस्थितमा संचालन भएको वैठकले गरेका निर्णयहरुका बारेमा बताउदै सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला भाम रोकायाले बताएकी थिइन । जिल्लामा भित्रीने मासु तथा मासु जन पदार्थ भित्रीन नदिनका लागी हुम्ला जिल्लाका मुख्य नाकाहरु कवाडी चंखेली र सिमकोट विमान स्थलमा सुरक्षा निकायलाई कडा गर्नका लागी जिल्ला प्रहरी कार्यालयमा अनुरोध गर्ने पनि निर्णय भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका बताएका थिए ।

हुम्ला जिल्लामा भित्रीने मासु सँगै अन्य सामानहरु पैदल मार्ग तथा हवाइ मार्गबाट आएको हो त्यसको लेखा जोखा गरी सोही अनुसारको उद्योग बाँणिज्य संघ दररेट निर्धारणको लागी सुस्मरुपमा अध्ययन भइ रहेको उद्योग बाँणिज्य संघका अध्यक्ष नाम्गेल तामाङले बताएका थिए ।
हुम्ला जिल्लामा भित्रीने मासु तथा मासुजन्य पदार्थ उपभोक्ताले खान उपयुक्त छ वा छैनन् भन्ने बारेमा जिल्ला पशु सेवा कार्यालयले सुस्म अध्ययन गरीरहेको र समय समयमा यसको निरिक्षण पनि गरि रहेको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख ज्ञानेन्द्रबहादुर बुढथापाले बताएका थिए ।
बैठकमा सुरक्षा निकाय पत्रकार घरेलु उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय प्रमुख धुर्वकुमार बाठामगर लगाएतको उपस्थित रहेको बैठक सोमबार विहान ८ वजे सिमकोट गाउँपालिकाको कार्यालयमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९