राज शाही आइतबार, आषाढ १२, २०७९ मा प्रकाशित

सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ । गाउँपालि प्रवक्ता नन्दबहादुर रावतले रु ५३ करोड ७५ लाख ८२ हजार ६ सय ३१ रुपैया अनुमानित बजेट सार्वजनिक गरेको बताएका छन ।

त्यस्तै सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समानीकरण अनुदान रु २१ करोड ९ लाख ३९ हजार, सःशर्त अनुदान ३२ करोड २६ लाख ३३ हजार २ सय २९ रुपैया अन्य संघ संस्था बाट ४ लाख १० हजार २ सय रुपैया बजेट पारित भएको बताएका छन । चालु तर्फबाट ३४ करोड ६३ लाख ९३ हजार ५ सय ५ रुपँया र पुजिगत १९ करोड ११ लाख ८९ हजार १ सय २६ रुपैया अनुमानित रकम प्रस्तुत सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला भाम रोकायाले प्रस्तुत गरेकि थिइन ।

आर्थिक विकासमा २ करोड ७३ लाख, सामाजिक विकासमा २४ करोड ७२ लाख ९३ हजार २ सय २९ रुपैया, भौतिक पूर्वधारमा ९ करोड ८८ लाख ९० हजार, वन वातावरण तथा विपत व्यास्थपनमा २ करोड ५० लाख, सुशासन तथा संगठन विकासमा १३ करोड ९० लाख ९९ हजार ४ सय २ रुपैया विनियोजित गरिएको सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष एव प्रवक्ता नन्दबहादुर रावतले बताएका छन ।

न्यायमा सबै वर्ग क्षेत्र तथा समुदायको पहुँचको सुनिश्चितता तथा न्यायपुर्ण समाज निर्माणका लागि न्यायीक समिति तथा मेलमिलाप केन्द्र व्यवस्थापनको लागि रु १५ लाख, शुसान ताथ राष्ट्रसेवक कर्मचारीहरुको काम प्रति उत्साहलाई कायम राख्न कर्मचारीको मनोवल उच्च पार्दै शुशासन अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाको कार्यालयका साथै विषयगत शाखामा कार्यरत कर्मचारीको सेवा नवृत जीवनलाई सहज बनाउन कर्मचारी कल्याण कोषमा रहने गरी ४० लाख विनियोजन गरिएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९