राज शाही शनिबार, आषाढ ११, २०७९ मा प्रकाशित

सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाकी ममतामही आमाको अषाढ १० गतेका दिन असामहीक निधन भएकाले मृतक आत्मको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवारजन प्रति इश्वरले धैरे धारण गर्ने शक्ती प्रदान गरुन भनी मानसरोवर टाइम्स साप्ताहिक परिवार हार्दिक संवेदना प्रकट गर्छौ ।
सर्केगार्ड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाकी आमाका मृत्यु भएपछि गाउँसभा स्थगित भएको छ । शुक्रबार चार बजे सभामा बजेट प्रस्तुत भइरहेको समयमा अध्यक्षकी आमाको मृत्युको खबर आएपछि सभा स्थगित भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर रावतले सभा सञ्चालन भइरहेको समयमा अध्यक्षकी आमाको मृत्युको खबरले सभा स्थगित भएको बताइएको छ । सभामा उपाध्यक्ष चन्द्रसिंह कार्कीले बजेट प्रस्तुत गरिसकेपछि त्यसमाथि छलफल गर्ने तयारी भइरहेको बेला अकस्मात अध्यक्षकी आमाको मृत्युको भएको खवर आउँदा सभा स्थगित गरेर सभाका धेरै सदस्य मलामी गएका थिए ।
सर्केगाड गाउँपालिका गाउँ सभामा ४३ करोडको बजेट प्रस्तुत भएको बताइएको छ । अब कार्यपालिका बैठकले निर्णय गरेर पुनः सभा कहिले सञ्चालन गर्ने भन्ने कुरा निर्णय हुने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९