राज शाही शुक्रबार, आषाढ १०, २०७९ मा प्रकाशित

खार्पुनाथ गाउँपालिकाले ३६ करोड ८८ लाख ६४ हजारको बजेट शुक्रवार गाउँसभाबाट पारित गरेको छ । उपाध्यक्ष ज्ञानबहादुर सिंहद्धारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो । हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिंहद्धारा प्रस्तुत बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि कुल ३६ करोड ८८ लाख ६४ हजार ४५० रुपियाँको बजेट सभाद्धारा पारित भएको हो । यसमा कुल सभाद्धारा पारिद बजेटमा पुजीगततर्फ १९ करोड तीन लाख पचास हजार बजेट बिनियोजित भएको छ भने १७ करोड ८५ लाख १४ हजार ४५० चालु शिर्षकमा बजेट बिनियोजित गरिएको छ ।


शिक्षा, स्वास्थ्य, आयआर्जन र पुर्बाधार बिकासलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारिद गरेको छ । शुक्रबार सञ्चालन भएको गाउँसभाका प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सो कुरा समेटिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले गाउँसभाद्धारा पारिद भएको आगामी र्आिर्थक वर्षको नीति तथा कार्यक्रम र बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी र पुर्बाधार बिकासलाई प्राथमिकतामा राखेको बताए । बजेट तथा कार्यक्रमले आगाश तीन वर्षसम्म पाँच वटै वडाका केन्द्रमा सडक सञ्जाल जोड्ने, एक वर्षका सबै वडाका बस्तीमा बिधुुत बिस्तार गर्ने कुरालाई समेटिएको छ । त्यसैगरि बजेट तथा कार्यक्रमले एक घर एक रोजगार कार्यक्रम सञ्चालन गर्नका लागि बजेटको ब्यवस्था गरिएको छ ।

स्वास्थ्यमा सुत्केरी महिलालाई पाँच हजार रुपियाँ गाउँपालिकाले थप प्रोत्साहन भत्ता उपलब्ध गराउने, कुपोषित बालबालिकालाई प्रोत्साहन भत्ताको ब्यवस्था गर्ने, शिक्षामा सुबिधा सम्पन्न बालबिकास, सीता माविमा आवासीय छात्रावासको ब्यवस्था, लोकसेवा तयारी कक्षामा सहभागीता जनाउने सबै बेरोजगार युवायुवतीलाई शुल्क उपलब्ध गराउने, दलित तथा न्यून आए भएका जेहेन्दार बिधार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृद्धिको ब्यवस्था गर्ने कुरा समेटिएका छन् ।

सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले गरेका थिए । सभाका कार्यपालिकाका सदस्य र गाउँसभाको सदस्यहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९