राज शाही बुधबार, आषाढ ०८, २०७९ मा प्रकाशित

हुम्लाका २ वटा विद्यालयलाई ३ तारे विद्यालय घोषणा गरियको छ । नेपाल सरकारको लक्ष्य अनुरुप ति विद्यालयलाई तिन तारे विद्यालयका रुपमा घोषणा गरिएको हो ।

यस अघि सर्केगाड गाउँपालिका वडा नं २ मा रहेको लालीगुराउस माध्यामिक विद्यालय लिप्नेलाई घोषण गरिएको थियो । सोही अनुरुप आज बुधबार खार्पुनाथ गाउँपालिका वडा नं १ को कैलास आधारभुत विद्यालय प्युसलाई ३ तारे विद्यालयकारुपमा घोषणा गरिएको सोही विद्यालयका प्रधानाध्यापक लाल बहादुर शाहीले बताएका छन् । वुधबार एक कार्यक्रमको आयोजना गरि ग्रामिण जलश्रोत परियोजनाका फिल्ड संयोजक निलविक्रम शाहीको सहजीकरणमा उक्त विद्यालयलाई तिन तारे विद्यालयकोरुपमा घोषणा गरिएको प्रधानाध्यापक शाहीले बताएका छन् ।
शाहीका अनुसार विद्यालय वालमत्री, अपाङगमत्री, खानेपानी धारा, हरियाली, विद्यालय घेरवार, खेलमैदान, सुविधा सम्पन्न सौचालय लगायतका भएका विद्यालयलाई तिन तारे विद्यालयकारुपमा घोषण गर्ने नेपाल सरकारको रणनिती बमोजिम उक्त विद्यालयलाई ग्रामिण जलश्रोत परियोजनाको सहजीकरणमा घोषणा गरिएको प्रधानाध्यापक शाहीले बताएका छन् ।
तिन तारे विद्यालय घोषणा कार्यक्रमको अध्यक्षता सोही विद्यालयका प्रधानाध्यापक लालबहादुर शाहीको र प्रमुख आतिथ्य सोही वडाका वडा सदस्य छक्कबहादुर वुढाको रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९