राज शाही सोमबार, आषाढ ०६, २०७९ मा प्रकाशित

निजी लगानीमा सौचालय निर्माण गरी सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण गरिएको सौचालयमा मेल्छाम प्रहरी चौकी पिपलाङ रहेको छ । चंखेली गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष पदमबहादुर शाहीले आफ्नै निजी लगानीमा १ कोठे सौचालय निर्माण गरी प्रहरी चौकीलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ ।

जिल्ला खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भइ सकेको अवस्थामा चंखेली गाउँपालिका वडा नं ४ मा ३० प्रतिसत घरधुरीले शौचालय प्रयोग गरेको, ३० प्रतिशतले सौचालय निर्माण गरे पनि प्रयोग नगरेको,र ४० प्रतिसतले सौचालय नै निर्माण नगरेको पाइएको सौचालयको प्रयोग, निर्माणको अवस्थाको बारेमा अनुगमनका क्रममा देखिएको चंखेली गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष पदमबहादुर शाहीले बताएका छन् ।

अवको १ वर्षमा सौचालय प्रयोग नगर्नेलाई गर्न लगाउने, सौचालय निर्माण नगरेका घरधुरीलाई निर्माण गर्न लगाउने र निर्माण गरी प्रयोगमा ल्याएकालाई पुरस्कृत गरीने अध्यक्ष शाहीले बताएका छन् । त्यसै गरी सौचालय निर्माण नगर्ने, सौचालय प्रयोग नगर्ने घर परिवारलाई वडा पालिकाबाट पाउने सेवा सुविधा समेत रोक्का गरीने अध्यक्ष शाहीले बताएका छन् । अध्यक्ष शाहीले सफा सौचालय सोच्छ सौचालय चंखेली वडा नं ४ बनाउने लक्षका साथ पहिलो प्राथामिकतामा रहेको बताएका छन् ।

चंखेली गाउँपालिका वडा नं ४ को अध्यक्ष पदको लागी चुनावी प्रतिस्पर्धाबाट आफु निर्वाचित भई सकेपछि घरदैलो अभियानका क्रममा सौचालय प्रयोग नगरी बाटो तथा जंगलमा सौच देखे पछि उक्त अभियान अगाडी ल्याएको अध्यक्ष शाहीले बताएका छन् । करिव २ लाख बरावरको टिन ढुङ्गा काठ सिमेन्ट आफ्नो निजी लगानीमा सौचालय निर्माण गरी प्रहरी चौकीलाई हस्तान्त्रण गरेको शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९