राज शाही बिहिबार, आषाढ ०२, २०७९ मा प्रकाशित

जिल्ला समन्वय समितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । उक्त कार्यतालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले निकालेको हो । सो कार्यतालिका अनुसार मतदाता नामावली प्रकासन विहिवार नै प्रकासित गरिएको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्ने मतदाताको नामवली प्रकासित गरेको हो ।

त्यसै गरी मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने समययावधि पनि विहिवार दिनको १ वजे देखि २ वजे सम्म रहेको थियो । संशोधित मतदाता नामावली प्रकाशन विहिवार दिनको २ वजे देखि ३ वजे सम्म र मतदाताको विरोधमा उजुरी दिने पनि आजै अषाढ २ गते दिनको ३ वजे देखि ५ वजे सम्म तोकिएको थियो । सोही अनुसार मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने अषाढ ३ गते विहान १० वजे देखि १ वजे सम्म र अन्तिम मतदाता नामावली प्रकासन गर्ने अषाढ ३ गते दिनको १ वजे देखि २ वजे सम्म तोकिएको छ ।

उम्मेदवारको मनोनयन दर्ता गर्ने अषाढ ५ गते विहान १० वजे देखि १ वजे सम्म, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सुची प्रकासन गर्न अषाढ ५ गते २ वजे देखि ३ वजे सम्म, मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने अषाढ ५ गते दिनको ५ वजे देखि ५ वजेर ३० वजे सम्म रहेको छ । उम्मेदवारको नामवली प्रकासन गर्ने अषाढ ५ गते दिनको ६ वजे, उम्मेदवारले नाम फिर्ता लिने अषाढ ६ गते विहान १० वजे देखि दिनको १२ वजे सम्म रहेको छ । सोही अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने अषाढ ६ गते दिनको १ वजे देखि २ वजे सम्म र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने अषाढ ६ गते दिनको २ वजे देखि ३ वजे सम्म रहेको छ ।
मतदान गर्ने अषाढ ७ गते विहान १० वजे देखि १२ वजे सम्म रहेको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले यसरी बताउनु भएको छ । १ जना मतदाताले ९ जना सम्मको प्रस्तावक र समर्थक वस्ने पाउने भएका छन् । उक्त निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मात्रै मतदान गर्न पाउने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९