राज शाही बुधबार, आषाढ ०१, २०७९ मा प्रकाशित

 हुम्ला जिल्लामा स्थापित आयुवेर्द सेवा केन्द्र सिमकोटले पञ्चकर्म सेवा संचालन गर्दै आएको छ । यो सेवा हिमाली जिल्ला हुम्लाका लागी बहु उपयोगी देखिएको छ । हुम्ला जिल्लामा हिमपात वढी हुने र चिसो पनि वढी हुने भएकाले यहाँका मानिसहरुमा रागन, बाथ, घुड दुख्ने, हाड जोर्नीहरु दुख्ने यसको उपचारका लागी पन्चकर्म सेवा अति प्रभावकारी देखिएको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा मात्रै उक्त सेवा सिमित हुँदा ग्रामिण भेगमा सो सेवा पाउन सकेका छैन । ग्रामिण भेगमा सो सेवा विस्तार गरीएको खण्डमा अतिनै प्रभावकारी हुने देखिएको छ ।


सोही कार्यालयका प्रमुख कृष्ण चन्द जोसीका अनुसार उक्त सेवा विस्तार गर्ने कार्यालयको लक्ष्य भए पनि आवश्यक जनशक्तीको कमी, सरकारले यस प्रति ध्यान नदिदा विस्तार गर्न समस्या भएको बताएका छन् । जिल्ला सदरमुकाम सिमकोट बाहिर ३ वटा आरोज्ञ केन्द्र र १ वटा आयुवेर्द औषधालय समेत रहेको छ । उक्त सेवा लिन आयुवेर्द्ध सेवा केन्द्र दैनिक २० देखि २५ जना सम्म जाने गरेको कार्यालय प्रमुख जोसीले बताएका छन्।पन्चकर्म सेवा प्रति महिलाको आकर्षण बढ्दै गएको र सेवा लिनेमा वढी जसो महिला रहेको पाइएको हो ।

उक्त केन्द्रको आफ्नै भवन नहुँदा विरामीको उपचार गर्न समस्या हुनुका साथै पन्चकर्म सेवा प्रभाह गर्न समस्या भएको पाइएको हो । उक्त केन्द्र संचालनका लागी जिल्लामा जग्गा खोजे पनि हाल सम्म कोही पनि मनकारी हातहरु फेला नपरेकाले आफ्नै भवन बनाउनमा समस्या भएको जोसीले बताएका छन् ।जग्गा खरिदमा रुपैंया नआउने र भवन निमार्णका लागी सरकारले रुपैंया दिने भएकाले सो कार्यालयको आफ्नै भवन निमार्ण गर्न नसकिएको जोसीले बताएका छन् । जग्गा प्राप्तीका लागी आफु लागी परेको पनि जोसीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९