राज शाही मंगलबार, जेठ ३१, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

अध्यक्ष उपाध्यक्ष हुम्लामा आए संगै बजारमा थुपारीएको फोहोर उठाइएको छ । करिव १ महिना सम्म सिकोट गाउँपालिकाको सिमकोट वजारको मुख्य चोकमा थुपारीएको फोहर मंगलबार उठाइएको हो । यस अघि पाटीको काम संगै जनप्रतिनिधिको प्रदेश मिटिङमा सहभागी हुन गएका सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुसिला भाम रोकाया जिल्लामा फर्के संगै सिमकोट वजारमा थुपारीएको फोहोर वजारबाट उठाइएको छ ।

अध्यक्ष विजय भण्डारीको नेतृत्वमा वजारमा ट्याक्टर लिइ आफै फोहोर उठाइ ट्याक्टरमा हाल्ने कार्य गरी उक्त फोहोर डम्पिङ साइड सम्म पुर्याइएको हो । फोहोर उठाउने कार्यमा सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नन्दबहादुर रावत र सोही पालिकाका वडा नं ५ का अध्यक्ष चिन रावतको पनि सहभागिता रहेको थियो ।

वजारमा यत्र तत्र छरिएर रहेको फोहोर समेत जनप्रतिनिधिहरुले समेटी जम्मा गरी ट्याक्टरमा लोड गरि डम्पिङ साइडमा पुर्याइएको हो । उक्त फोहोर उठाइए पछि सिमकोट बजारको वतावरणको संरक्षण संगै बातावरण दुसित हुनबाट केहि कमी भएको छ । वजारमा फालिएको फोहोरले वजार दुरगन्दित भएको थियो ।


उक्त फोहोर उठाए संगै सिमकोट वजार सफा देखिएको छ । यसले गर्दा सिमकोट बजारमा हिडडुल गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई बजारमा हिडडुल गर्न समस्या भएको छ । यस अघि नाक मुख थुनि हिडडुल गर्नु पर्ने वाध्यतामा केही कमी आएको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९