राज शाही मंगलबार, जेठ ३१, २०७९ मा प्रकाशित

अध्यक्ष उपाध्यक्ष हुम्लामा आए संगै बजारमा थुपारीएको फोहोर उठाइएको छ । करिव १ महिना सम्म सिकोट गाउँपालिकाको सिमकोट वजारको मुख्य चोकमा थुपारीएको फोहर मंगलबार उठाइएको हो । यस अघि पाटीको काम संगै जनप्रतिनिधिको प्रदेश मिटिङमा सहभागी हुन गएका सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी र उपाध्यक्ष सुसिला भाम रोकाया जिल्लामा फर्के संगै सिमकोट वजारमा थुपारीएको फोहोर वजारबाट उठाइएको छ ।

अध्यक्ष विजय भण्डारीको नेतृत्वमा वजारमा ट्याक्टर लिइ आफै फोहोर उठाइ ट्याक्टरमा हाल्ने कार्य गरी उक्त फोहोर डम्पिङ साइड सम्म पुर्याइएको हो । फोहोर उठाउने कार्यमा सिमकोट गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष नन्दबहादुर रावत र सोही पालिकाका वडा नं ५ का अध्यक्ष चिन रावतको पनि सहभागिता रहेको थियो ।

वजारमा यत्र तत्र छरिएर रहेको फोहोर समेत जनप्रतिनिधिहरुले समेटी जम्मा गरी ट्याक्टरमा लोड गरि डम्पिङ साइडमा पुर्याइएको हो । उक्त फोहोर उठाइए पछि सिमकोट बजारको वतावरणको संरक्षण संगै बातावरण दुसित हुनबाट केहि कमी भएको छ । वजारमा फालिएको फोहोरले वजार दुरगन्दित भएको थियो ।


उक्त फोहोर उठाए संगै सिमकोट वजार सफा देखिएको छ । यसले गर्दा सिमकोट बजारमा हिडडुल गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई बजारमा हिडडुल गर्न समस्या भएको छ । यस अघि नाक मुख थुनि हिडडुल गर्नु पर्ने वाध्यतामा केही कमी आएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९