राज शाही आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

कर्णाली प्रदेशबाट प्राप्त राहत जेठ ३० गते वितरण गरिने भएको छ । चंखेली गाउँपालिका वडा नं ४ का आगलागी पिडीतको लागी कर्णाली प्रदेशबाट प्राप्त भएको राहत लिई गाडी शनिरवार हिडेको भए पनि आज आइतबार जितेगडा पुगेको र उक्त गाडी चंखेली गाउँपालिका सोमबार मात्रै पुग्ने र सोमबार पुगे लगतै राहत वितरण गरिने सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताएका छन् ।

चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पिडितलाइ गाउँपालिकाको पहलमा कर्णाली सरकारले राहत दिएको छ । विद्युतको तार सर्ट भएर आगलागी भएको राती २ बजेतिर चंखेली गाउँपालिका ४ कर्णबहादुर शाही, जयबहादुर शाहीको घर जलेर नष्ट भएको थियो । चेखेली गाउँपालिकाको पहल पछि आगलागी पिडितलाई राहत दिएको अध्यक्ष शाहीले बताएका छन् । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौ रकम बराबरको राहत सामाग्री अग्नि पिडितलाई सहयोग गरेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताएका छन् ।
कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाहीसंगको समन्वय गरेर मझौला टेण्ट ४ थान, चाइनिज टेण्ट एक थान, कम्बल १२ थान, पि फर्म १२ थान, तन्ना १२ थान, सिरानी ८ थान, कपडा,भाडा बर्तन, खाद्यान्न सहयोग भएको अध्ययक्ष शाहीले बताए छन।चामल २५ किलोका १० बोरा, दाल अरर २० केजी, खाने तेल २ पेटी, नुन १० केजी खाद्यान्न सहयोग कर्णाली प्रदेश सरकारबाट आगलागी पिडितलाई राहत सामाग्री सहयोग भएको अध्यक्ष शाहीको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९