राज शाही आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशबाट प्राप्त राहत जेठ ३० गते वितरण गरिने भएको छ । चंखेली गाउँपालिका वडा नं ४ का आगलागी पिडीतको लागी कर्णाली प्रदेशबाट प्राप्त भएको राहत लिई गाडी शनिरवार हिडेको भए पनि आज आइतबार जितेगडा पुगेको र उक्त गाडी चंखेली गाउँपालिका सोमबार मात्रै पुग्ने र सोमबार पुगे लगतै राहत वितरण गरिने सोही गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताएका छन् ।

चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पिडितलाइ गाउँपालिकाको पहलमा कर्णाली सरकारले राहत दिएको छ । विद्युतको तार सर्ट भएर आगलागी भएको राती २ बजेतिर चंखेली गाउँपालिका ४ कर्णबहादुर शाही, जयबहादुर शाहीको घर जलेर नष्ट भएको थियो । चेखेली गाउँपालिकाको पहल पछि आगलागी पिडितलाई राहत दिएको अध्यक्ष शाहीले बताएका छन् । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौ रकम बराबरको राहत सामाग्री अग्नि पिडितलाई सहयोग गरेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताएका छन् ।
कर्णाली प्रदेश मुख्य मन्त्री जीवनबहादुर शाहीसंगको समन्वय गरेर मझौला टेण्ट ४ थान, चाइनिज टेण्ट एक थान, कम्बल १२ थान, पि फर्म १२ थान, तन्ना १२ थान, सिरानी ८ थान, कपडा,भाडा बर्तन, खाद्यान्न सहयोग भएको अध्ययक्ष शाहीले बताए छन।चामल २५ किलोका १० बोरा, दाल अरर २० केजी, खाने तेल २ पेटी, नुन १० केजी खाद्यान्न सहयोग कर्णाली प्रदेश सरकारबाट आगलागी पिडितलाई राहत सामाग्री सहयोग भएको अध्यक्ष शाहीको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९