राज शाही शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित

१२ जनाको दरवन्दी रहेको विद्यालयमा शिक्षक नहुँदा पठन पाठन ठप्प भएको छ । पठन पाठन ठप्प हुने विद्यालयमा सिमकोट गाउँपालिका वडा नं ७ को कैलास माध्यामिक विद्यालय डाँडाफया रहेको छ । उक्त विद्यालयमा १२ जना स्थाइ तथा करार शिक्षक भए पनि कोही शिक्षक लोकसेवा परिक्षकाको लागी तराइ झरेको, कोही शिक्षक राष्ट्रपति रनिङ्ग सिल्डको तयारी भन्दै सिमकोट तथा गाउँमा वसेकाले विद्यालयमा पठन पाठन ठप्प भएको स्थानियवासी महेन्द्र बहादुर शाहीले वताएका छन् ।
उक्त विद्यालयमा १२ जना शिक्षक दरवन्दी रहेकोमा ६ जना लोक सेवाको लागी तराइ झरेको र ६ जना शिक्षक मध्य केही शिक्षक रनिङ सिल्डको तयारीमा वसेकोले विद्यालयमा अध्यापन गर्ने शिक्षक नरहेको, १ जना करारका शिक्षकले विद्यालय खोल्ने वन्द गर्ने गरेको शाहीले बताएका छन् ।
प्रधानाध्यापक मेचबहादुर वुढा विद्यालयको कामले सर्केगाड गएको भन्ने जानकारी प्राप्त भएको छ । मुख्य पठन पाठन हुने समयमा शिक्षक नहुँदा विद्यार्थीले पठन पाठन गर्न नपाउँदा कोर्ष कम्पिलीट नहुने समस्या संगै करिव १।२ घण्टाको दुरीमा रहेका गाउँबाट विद्यालयमा पुगेका विद्यार्थीले अध्ययन गर्न नपाउदा अविभावक आक्रोसित भएको स्थानियवासी महेन्द्र शाहीले बताएको छन् । शिक्षकलाई लोक सेवाको परिक्षा नदेउ भन्ने होइन दिन गए पनि समयमै विद्यालयमा आइ पुग्नु पर्ने शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९