अषाढ १ गतेबाट मतदाता नामवली संकलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाका अनुसार हुम्ला जिल्लाका ३ ठाउँबाट फोटो सहितको मतदाता नामवली संकलन गरिने भएको हो ।
फोटोसहितको मतदाता नामवली जिल्ला प्रशासन कार्यालय सिमकोट, इलाका प्रशासन कार्यालय सर्केगाड र जिल्ला निर्वाचन कार्यालय सिमकोट हुम्लाबाट संकलन गरिने भएको हो ।इलाका प्रशासन कार्यालय सर्केगाड र जिल्ला प्रशासन कार्यालय सिमकोट हुम्लाबाट नयाँ फोटोसहितको मतदाता नामावली मात्र संकलन हुनेछ भने जिल्ला निर्वाचन कार्यालयबाट मतदाताको अध्यावधिक, मतदान केन्द्र सार्ने, त्रृटी सच्याउने, नामहटाउने लगाएत नयाँ फोटो हसितको मतदाता नामवली संकल गरिने भएको निमित्त जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर राना बताएका छन्।
उक्त कार्यका लागी जिल्ला निर्बाचन कार्यालयका कर्मचारी खटिने भएका छन् । नयाँ फोटो सहितको मतदाता नामवली संकलन गर्ने व्यक्तीहरुले नागरीकताको फोटोकपी अनिवार्य लिएर जानु पर्ने छ ।