राज शाही सोमबार, जेठ २३, २०७९ मा प्रकाशित

विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक समेत रहेको स्थान रानीवनमा वृक्षारोपण गर्ने कार्य भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताएकी छन् ।

रानीवनलाई हराभरा बनाउने उद्देश्यले दुई वर्षदेखि सो वनमा वृक्षारोपण गर्ने कार्य हुनेगरेको छ । डिभिजन वन कार्यालयले उपलब्ध गराएर चुली (आरु प्रजातिको बिरुवा) तथा सल्लाका विरुवाहरु लगाउने कार्य भएको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले अब दिवसमा मात्र नभई प्रत्येक ब्यक्तिले रुख लगाउने अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

बिनास हुँदैगएको जंगलको संरक्षण गर्नु र खाली पाखाको नयाँ विरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने बताउदै उहाँले बातावरण स्वच्छ राख्न फाईदा हुने बताइएको छ । गतवर्ष लगाएका विरुवा राम्ररी हुर्कन ब्यारेकको सेना फलभएको बेला यसवर्ष पनि रानीवनकै खाली क्षेत्रमा थप विरुवा लगाउने कार्य भएको छ । कार्यक्रममा प्रजिअ परियारले एक बोट लगाउँदै अब सबैमा यस्तो भावना जागृत हुनु आबश्यक रहेको बताइएकी छन् ।

वृक्षारोपण कार्यक्रममा प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा लगायतको सहभागिता रहेको थियो । नयाँ लगाइएका विरुवाको जगेर्ना र हुकाउने बढाउने कामको जिम्मा बराह दल गुल्म रानीवनले लिएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९