राज शाही सोमबार, जेठ २३, २०७९ मा प्रकाशित

featured photo: Mansarowar Times

विश्व बातावरण दिवसको अवसरमा नेपाली सेनाको बराह दल गुल्म रानीवनमा वृक्षारोपण गर्ने कार्यक्रम भएको छ । रानीवनको खाली पाखो क्षेत्रमा बिभिन्न जातका वृक्षारोपण गरिएको हो । विश्व वातावरण दिवसको अवसरमा गरिएका बिभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत सिमकोटको रमणीय स्थान सेनाको ब्यारेक समेत रहेको स्थान रानीवनमा वृक्षारोपण गर्ने कार्य भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताएकी छन् ।

रानीवनलाई हराभरा बनाउने उद्देश्यले दुई वर्षदेखि सो वनमा वृक्षारोपण गर्ने कार्य हुनेगरेको छ । डिभिजन वन कार्यालयले उपलब्ध गराएर चुली (आरु प्रजातिको बिरुवा) तथा सल्लाका विरुवाहरु लगाउने कार्य भएको हो । वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला न्यायाधीश जगतबहादुर पौडेलले अब दिवसमा मात्र नभई प्रत्येक ब्यक्तिले रुख लगाउने अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।

बिनास हुँदैगएको जंगलको संरक्षण गर्नु र खाली पाखाको नयाँ विरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने बताउदै उहाँले बातावरण स्वच्छ राख्न फाईदा हुने बताइएको छ । गतवर्ष लगाएका विरुवा राम्ररी हुर्कन ब्यारेकको सेना फलभएको बेला यसवर्ष पनि रानीवनकै खाली क्षेत्रमा थप विरुवा लगाउने कार्य भएको छ । कार्यक्रममा प्रजिअ परियारले एक बोट लगाउँदै अब सबैमा यस्तो भावना जागृत हुनु आबश्यक रहेको बताइएकी छन् ।

वृक्षारोपण कार्यक्रममा प्रहरी नायव उपरीक्षक कृष्णराज ओझा लगायतको सहभागिता रहेको थियो । नयाँ लगाइएका विरुवाको जगेर्ना र हुकाउने बढाउने कामको जिम्मा बराह दल गुल्म रानीवनले लिएको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९